images
images

बेरुजुले चुर्लुम्म डुबेको नगरपालिकाले दान मागेपछी

जन्ताभ्वाईस सम्बाददाता
आईतबार , ५ भदौ , २०७९
कटारी/कटारी नगरपालिकाले २ भदौमा निशुल्क जग्गा दान मागेको सुचना नगरको आधिकारिक फेसवुक हेल्लो कटारी नगरपालिकाबाट सार्वजनिक गर्यो । प्रमुख प्रशासकीय अधिकृत अनिल किराती हस्ताक्षरित सुचना अनुसार साउन १५ को कार्यपालिकाको वैठकको निर्णय अनुसार वडा नम्बर १४ को प्रशासकीय भवन निर्माणका लागि प्रथम पटक निशुल्क जग्गा दान मागेको हो ।
५ वटा मापदण्ड नै जारी गरेर चारकिल्ला उल्लेख गर्दै नगरले जग्गा दान मागेको छ । सुचना नै प्रकाशन गरेर नगरले दान माग्न थालेपछी यसको आलोचना हुन थालेको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार कटारी उदयपुर जिल्लामै सवैभन्दा बढी ९ करोड बढी बेरुजु बोकेको नगरपालिका हो ।
नगरका करारका कर्मचारी समेत बेरुजु , अनियमिततामा अगाडी रहेको प्रतिवेदनले सार्वजनिक गरिसकेको छ । कर्मचारीहरु नै वेरुजुमा रहेको र जिल्लामा प्रथम वेरुजु नगरले दान माग्न थालेपछी यसको आलोचना सुरु भएको हो ।
नगरले पोष्ट गरेको सुचनामा नै प्रतिकृया लेख्दै मिनकुमार फुयाँलले बेरुजु करोडौं निकाल्ने अनि दान माग्ने लाज पच्न नसकेको प्रतिकृया दिनुभएको छ ।त्यसैगरी रित थापाले कर्मचारी र जनप्रतिनिधि मिलेर घोटला गर्दै वेरुजुमा जिल्लामा पहिलो भएकोलाई दान गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
नगरको पैसा जति बेरुजु निकालेर टाट पल्टाएर दान माग्ने अवस्थामा आईपुगेको भन्दै आलोचना गरिएको छ । सकेसम्म मिलाएर खाएर वेरुजु भएको सार्वजनिक भएपनि यस विषयमा भने नगरले भ्रष्टहरुलाई के गर्न सक्यो भन्ने सार्वजनिक नगर्दा मिलेमतोमा अनियमितता गरी बेरुजु बढाउने क्रम जारी रहेको आशंका गर्न सकिन्छ ।