जन्ताभ्वाईस सम्बाददाता
३१ साउन , मंगलबार , २०७९
दुधौली / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुली शाखाले आज दुधौलीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुधौली नगरपालिकाको आर्थिक सहयोग , नेपाल रेडक्रस सोसाईटीको रक्त संञ्चार सेवा सिन्धुलीको प्राविधिक सहयोगमा दुधौलीमा रक्तदान सम्पन्न भएको हो ।
फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङ्गले रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेको जानकारी दिनुभयो । फोनिजको २३ औं स्थापना दिवशको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रमको वागमती प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन)ले उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा दुधौलीका मेयर दिनेश अधिकारी , पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष सरला सुनुवार लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा वोल्दै वक्ताहरुले स्थापना दिवशको शुभकामना दिएका थिए ।


जनता भ्वाइस 







