जन्ताभ्वाईस सम्बाददाता
३१ साउन , मंगलबार , २०७९
कटारी /उदयपुर उद्योग वाणिज्य संघ कटारीले आज विहान कटारीमा आउनुभएका नयाँ डिएसपी रविन कार्कीको स्वगत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।ईलाका प्रहरी कार्यालय कटारीमा प्रमुख भएर आउनुभएका कार्कीलाई कटारीमा स्वगत गर्दै परिचयात्मक कार्यक्रम गरिएको संघका कार्यवाहक अध्यक्ष अरुण कुमार साहले बताउनुभयो ।
साहका अनुसार संघको कार्यालय परिसरमा संघका पदाधिकारीहरु तथा व्यापारीहरुले कार्कीको स्वगत गरेका हुन् । यसअघिका डिएसपी मानबहादुर राईको सरुवा भएसँगै कार्की ईलाका प्रहरी कार्यालय कटारीको प्रमुखको रुपमा कटारी आउनुभएको हो ।


जनता भ्वाइस 







