images
images

कटारीमा भएको ट्रिपर दुर्घटनामा दुईको मृत्यु

जन्ताभ्वाईस सम्बाददाता
३१ साउन , मंगलबार , २०७९
कटारी/ सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरिङभञ्ज्याङमा आज विहान १० बजेको समयमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कटारीबाट घुर्मी तर्पm जाँदै गरेको सिमेन्ट बोकेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
एक जना गम्भिर घाइते भएका छन् । कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा. ४ ख ५६७१ नम्बरको ट्रिपर साइड दिने क्रममा आफै अनियन्त्रित भई सडक भन्दा ५० मिटर तल खसी दुर्घटना हुँदा टिपरमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा कटारी नगरपालिका ८ पाखाटोल बस्ने अन्दाजी ४५ वर्षिय नर बहादुर मगर, सोही ठाउँ बस्ने ४० वर्षिय मिर्चिङ कान्छा मगरको मृत्यु भएको छ । उनीहरुको घटना स्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए ।
कटारी नगरपालिका ८ पाखाटोल बस्ने ४० वर्षिय चन्द्र बहादुर मगर गम्भिर घाइते भएकाले उपचारका लागि अस्पत्ताल पठाईएको छ । ट्रिपर चालक फरार भएकोले खोज तलास भईरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।