images
images

उदयपुरमा माओवादीलाई जितेको २ नं. संघीय निर्वाचन क्षेत्र र एउटा प्रदेशसभा क्षेत्र यसकारण दिनुपर्छ

-ईश्वर पोखरेल
मंगलबार , ३१ साउन २०७९

उदयपुरमा आन्तरिक पार्टीमा बिवाद छ । जनयुद्धकाल देखि नै सुसप्त अवस्थामा रहन्दै आएको अन्तरविरोध प्रत्यक्ष अप्रत्यक्ष रुपमा पार्टी भित्र व्यक्त हुँदै आएको थियो । सिद्धान्तः अन्तराष्टिय सर्वहारा वर्र्गी बिचारले निर्देशित भएका नेताहरुमा पुरानो र नयाँ तथा भौगोलिक अन्तरविरोधबाट समेत मुक्त थिएनन । अझ सयौ बर्ष देखि बर्णाश्रम व्यवस्थाले थोपरेको जातीय एवं सामुदायिक अन्तरद्वन्दले सर्वहारा वर्गीय बिचार सिद्धान्तलाई भुत्ते वनाउने काम त थियो नै ।
यसै पृष्भुमिमा विकशित पार्टी नेता कार्यकर्ता वीच पुर्वजको नासोको रुपमा कायम वर्गी मुक्ति आन्दोलनको बिजातिय प्रवृत्ति सँगको संघर्ष निरन्तर जारि नै छ । जनयुद्धदेखि चुनावी प्रतिस्पर्धासम्म आउँदा समाजको सबै प्रतिविम्व पार्टीमा र पार्टीको प्रतिविम्व राजनीतिक आन्दोलनमा प्रष्टैसँग प्रतिविम्वित भएको कुरा संविधानको प्रस्थापना बाटै स्पष्ट भएको छ ।
२०६४ मा जनयुद्ध जनआन्दोलनको रापले समाजमा रहेको सबैखाले विजातिय प्रवृत्ति भुमिगत भएका थिए । तर २०७० र ७४ सम्म आउँदा उच्च जातिय अहंकरवाद र स्थानिय जातिय संक्रिर्णतावाद पुनारावृत्ति हुन थाले । गत स्थानिय निर्वाचन हुँदै आगमि संघ प्रदेशको निर्वाचन सम्म आउँदा समाजवाद उन्मुख नेपाली समाजै लज्जित हुने गरी मसानघाटमा पुराएको विजातिय प्रवृत्ति विउँताउन खोजिरहेको देखिन्छ ।
७४ सालमा सानदार विजयी भएको माओवादी क्षेत्रमा जालझेल षडयन्त्र गर्दै नयाँ रुपमा तिनै विजातिय प्रवृत्तिका तत्वहरु जागरुक भएर मरिहत्ते गरिरहेका छन । ठाउँ ठाउँमा अहंकरवादी कलमी गर्दै हिंडेको देख्दा टिठ लागेको छ ।विगतमा हामिले जितेको ठाउँमा हामिले नै पाउनु पर्छ र हामीले राम्ररी जितिन्छ । आरोपीले जिल्ला पार्टीमा जतिनै समन्वय गरे पनि आरोपीकै विरुद्ध पार्टी भित्र र वाहिरका केही पुरानो र नयाँ भनिएका तत्वहरु एक झुण्ड भई जनतामा भ्रम फैलाउन तल्लिन छन ।
उदयपुरको राजनीतिक चरित्र भनेको राम्रो काम गरेर स्थापित हुनै नदिने खाले हो । हर तरहले विस्थापित गर्ने हो, नसके आफै डिफ्रेशन हुने घटना जारिनै छ । जिल्लामा र जितेको क्षेत्रमा भने जति काम गर्न नसके पनि राम्रो कामहरुको सुरुवात भएको छ । बिकास निर्माण र जनता प्रति नराम्रो काम केही गरेको छैन ।
फेरि दोहोराएर जित्यो भने सधैको लागि स्थापित हुन्छ भन्ने चिन्ता छ पार्टी भित्र र वाहिराका केही बिपक्षलाई । संघीय निर्वाचन क्षेत्र २ को ५ वटा पालिकाको पार्टी पदाधिकारी र कमिटीलाई बुझ्दा हुन्छ, जनता र तलका नेता कार्यकर्तामा कस्तो छ भनेर पनि सोद्धा हुन्छ ! केहीलाई छोडेर बहुसंख्यक जिल्ला नेतृत्वहरु र सबै पालिका सकारात्मक छन, औपचारिक बैठक वा अनौपचारिक छलफल माध्यमबाट बुझ्दा पार्टीलाई राम्रै हुन्छ ।
केपी बरालको कुरा छुट्टै भयो, गत स्थनीय तहको निर्वाचनबाट थपिएको समस्या मात्र हो । केपीजीलाई सबैले ईमान्दार नै मानेको हो, सिसिएम बनाउन बलगरेर पहल गरेको कुरा खेमाका नेतालाई थाहानै छ । बिरोध गर्नेहरु केही जना नेता कार्यकर्ता वाहेक जनता सँग नजोडिएका, आफु अनुकुल कमिटी वा आफ्नो हित अनुकुल नहँुदा शान्तिप्रक्रियामा आए देखिनै अराजक र पार्टी हित विपरित अनैतिक क्रियाकलाप गर्ने पटकेहरु हुन ।अरुसँग पनि बुझ्दा हुन्छ ।
एकीकृत समाजवादीले टिकट पाउँदा ८÷१० हजार कटाउन गाह्रो हुन्छ । जित्नलाई २५ हजार कटाउनु पर्छ । एमालेले जित्ने निश्चित हुन्छ । गठवन्धनका नेता कार्यकर्ता सबै लाग्दैन । हार पछिको अवस्थामा हाम्रो पार्टी भित्र झन चरम असहज अनन्त गुठवन्दी झगडा चरम हुनेछ ।
हाम्रो पार्टी भित्र जोसुकैले टिकट पाए पनि जिते पछि पार्टी भित्रको अन्तरविरोध हल हुर्दै जानेछ भन्ने कुरा पुरै विश्वास गर्न सकिन्छ । जान अन्जानमा नेतृत्वबाट भएको कमजोरी सच्चाएर अघि बढ्ने मौका पनि हो ।पार्टी चुनावी प्रतिष्पर्धामा छ । ७७ जिल्लामा सानो ठूलो कहाँ विवाद छैन र ? कुनै न कुनै रुपमा आन्तरिक अन्तरद्वन्दमा पार्टी छ नै । उदयपुरमा पनि छ, स्थनिय निर्वाचन ताका ब्यक्त भएको मात्र हो । समस्या जनयुद्ध काल देखिनै क्रोनिक हुँदै अहिले सबैले देख्ने गरी ब्यक्त भएको हो । चुरो कुरा भनेको उदयपुरको अन्तरविरोध कथित पुरानो माओवादी नेतृत्व र एकता प्रक्रियाबाट भएको नेतृत्व बिषयमा अन्तरबिरोध हो । पुरानो भनिएको माओवादी नेतालाई पार्टी केन्द्रीय सदस्य बनाउन सकिएन । एकता प्रक्रियाबाट भएका माओवादी नै पार्टी केन्द्रीय समितिमा समावेस भएसँगै उत्पन्न सुषुप्त अन्तरविरोध अहिले आएर बिष्फोट भएको हो ।
पुरानो भनिएको माओवादीबाट एक जना भए पनि केन्द्रीय समितिमा सहभागी हुनु पर्दथ्यो । अरु जिल्लामा थपिए तर लामो समय उदयपुर जिल्लामा केन्द्रीय समितिमा थप भएन । भखरै थपियो तर महिलाहरुबाट मात्रै । त्यसमा पुरानो माओवादी नेता केन्द्रमा नपरे पछि जर्बजस्ति रोकेको भन्ने भ्रमपुर्ण आरोप व्यर्थमा खपिरहनु परेको छ । यस्तो बिषयमा एक्लैले कसरी हल गर्नु सकिन्छ । पहल त मरिन्जेल गरेकै हो । तर बुताले भ्याएन सायद ।
प्रदेश अध्यक्ष बनाउँदा उदयपुरका सिनियर प्रदेश सदस्यलाई केन्द्रीय प्रतिनिधि बनाएर जिल्ला ईन्चार्ज बनाउनु पर्नेमा प्रदेश अध्यक्षलाई नै जिल्ला ईन्चार्ज बनाए पछि कथित पुरानो भनिएको माओवादी जिल्ला नेतालाई के चाहियो खनिन, थप गंभिर आरोप लाउन ? धेरै पटक विभिन्न तहको बैठकहरुमा उपरोक्त बिषयहरु राख्दै आएको पनि हो ।
अतः उदयपुर जिल्लामा माओवादीले जितेको २ नं. संघीय निर्वाचन क्षेत्र र एउटा प्रदेशसभा क्षेत्र हुनु पर्छ । कुनै पनि वहानामा भागवण्डामा सिट गुम्ने हो भने उदयपुर जिल्ला गंभिर संकटमा फस्ने छ । यसको जिम्मा कस्ले लिने, स्पष्ट हुनु पर्छ । भागमा परेको कमजोरी स्वीकारी सच्चाउन तयारी सबै हुनु पर्छ ।
तर थप संगिन आरोप खप्न सक्ने अवस्था हुन्न । तसर्थ उदयपुरमा एक संघ र कम्तिमा एक प्रदेश भागवण्डामा पर्नै पर्छ । प्रदेश भरी सबै भन्दा सेफ क्षेत्र उदयपुर नै हो । जिल्ला पार्टी भित्रको आन्तरिक समस्याहरु हल गर्दै जाने कुरामा सबै स्वयं जिम्मेवार हुनेछ । थप केन्द्रको सहयोगबाट क्रमश नेतृत्व बीचको अन्तरविरोध हल गर्दै जाने विस्वास रहेको छ ।

(लेखक पोखरेल वाईसियल उदयपुर जिल्ला सचिव तथा नेकपा माओवादी केन्द्र कटारीका प्रवक्ता हुनुहुन्छ )