images
images

खुररियालाई हराउँदै कटारी नकआउट फुटबलको उपाधि गराँसको पोल्टामा

जन्ताभ्वाईस सम्बाददाता
शनिबार ,२८, साउन , २०७९
कटारी /कटारीमा जारी नकआउट फुटबल प्रतियोगिताको उपाधि गराँस फुटबल क्लब कटारी २ ले हात पारेको छ ।आज भएको फाईनलमा ज्योति युथ क्लव खुररिया दुधौलीलाई ० का विरुद्ध १ गोल गर्दै गराँसे उपाधि पोल्टामा पारेको हो ।
प्रतिष्पर्धात्मक खेलको दोस्रो हाफमा गराँसका लागि सुदिप मगरले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । उपाधिसँगै गराँसले नगद ३० हजार हात पार्दा , खुररियाले उपविजेता बन्दै नगद २० हजारमा चित्तमा बुझायो ।दुवै टिमलाई कप , मेडल र प्रमाण पत्र प्रदान गरियो ।
कटारी फुटबल क्लव कटारीको आयोजनामा सम्पन्न प्रतियोगिताको उत्कृष्ट गोल रक्षक ज्योति युथ क्लवका दिपेन दनुवार घोषित भए । त्यसैगरी उत्कृष्ट खेलाडी गराँसका अनिल मगर , उत्कृष्ट डिफेन्डर गराँसकै राम विश्वकर्मा र उत्कृष्ट मिडफिल्डर गराँसकै सञ्जय मगर घोषित भए ।
उनीहरुलाई नगद सहित मेडल प्रदान गरियो । प्रतियोगिताको समापनमा प्रमुख अतिथि कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभयो । त्यसैगरी प्रतियोतिगा संञ्चालनका लागि सहयोगीहरुलाई समेत प्रसंसा पत्र वितरण गरिएको क्लवका अध्यक्ष अम्बर तामाङ्गले बताउनुभयो ।
प्रतियोगितामा २४ टिमले प्रतिष्पर्धा गरेका थिए । लामो समयपछी कटारीमा भएको फुटबल हेर्नका लागि १० हजारको हाराहारीमा दर्शकहरु टाईगर फिल्डमा उपस्थित थिए ।