images
images

कटारी नकआउट फुटबल – फाईनलमा पत्रिंगा र गराँस भिड्ने

जन्ताभ्वाईस सम्बाददाता
शुक्रबार ,२७, साउन , २०७९
कटारी /कटारीमा जारी नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि कटारी , २ को गराँस फुटबल क्लव र ज्योति युथ क्लव पत्रिंगा दुधौलीले भोलि शनिबार प्रतिष्पर्धा गर्ने भएका छन् ।
आज भएको दोस्रो सेमिफाईनलमा कटारीकै सोक्ला फुटबल क्लवलाई ० का विरुद्ध १ गोल गर्दै गराँसले फाईनल यात्रा तय गरेको हो । गराँसका लागि अनिल पाचे मगरले दोस्रो हाफमा गोल गरेका थिए । आजको खेलको म्यान अफ द म्याच पनि मगर नै घोषित भए ।
प्रतिष्पर्धात्मक खेलमा सोक्लाले गोल गर्न नसकेपछी गराँस सोक्लालाई ० का विरुद्ध १ गोल गर्दै फाईनलमा पुगेको हो । यस अघि बिहिबारको पहिलो सेमिफाईनलमा ज्योति युथ क्लव पत्रिंगाले न्युस्टार युवा क्लव कटारी गवुवालाई पराजित गर्दै फाईनल यात्रा तय गरिसकेको छ ।
गवुवासँग एक एक गोलको बराबरी भएपछी भएको टाईपव्रेकरमा २का विरुद्ध ४ गोल गर्दै पत्रिंगाले फाईनल यात्रा तय गरेको हो । कटारी फुटबल क्लवको आयोजनामा जारी प्रतियोगिता आगामी साउन शनिबारको फाईनलसँगै सकिनेछ । प्रतियोगितामा २४ टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने क्लबका अध्यक्ष अम्बर तामाङ्गले बताउनुभयो ।