images
images

धरानका अविचलित उपमहानगरमुली हर्कको श्रमदानमा पुग्दा

ऋषि राई
आईतबार ,२२, साउन , २०७९

धरान / एउटा सहकारीको फिलिंगो फुसको आगोजस्तो सल्किएरहेका वेला, एमालेबाट निर्वाचितले विनाकारण कार्यपालिका वैठक वहिष्कार गरिरहेका वेला यो शनिबार पनि सदाका शनिबार भैm धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्गपाङ्ग सर्दुजलाधार क्षेत्रमा श्रमदानमै व्यस्त देखिनुभयो ।
उहि काम गर्ने जोश , उहि जाँगर , उस्तै हाँसो , सर्दु , खर्दु र निशाने खोलाको आसपास विहानैदेखि ३ हजारबढीले श्रमदान गरिरहेका थिए । ओशो बनक्षेत्रदेखि हजारौंको सर्वसाधारणको लाईन युद्धमैदानमा सहभागी सेना जस्तो श्रमदानका लागि उकालो लागिरहेका थिए ।
के जेष्ठ नागरिक , के युवा , के वालवालिका स्वतस्पूmर्त श्रमदानमा सहभागी थिए । खोलाको आसपासका पाखाहरुमा झाडी फाँड्ने , वोट विरुवा रोप्नेहरु काममा सकृय थिए । त्यसैगरी खोलाक्षेत्रमा पानी ट्याँकी बनाउने , पाईप वोक्ने , ढुंगा फोड्नेहरुको लाईन थियो । जेष्ठ नागरिकहरु वेला वेला भिडमा स्वत उत्तेजित भएर कराउँथे —‘काम गर्ने मेयरलाई हामी साथ दिन्छौं ।’धरानबाट मात्रै होईन आसपासका जिल्लाहरुबाट प्रशंसकहरु भरिएका थिए ।
शनिबार विहान मात्रै गायक दिप श्रेष्ठ र संघिय सांसद सुदन किरातीले समेत श्रमदान गरेका थिए । श्रमदानमा सहभागीहरुवीच एकता देखिन्थ्यो भेदभाव थिएन । एकले थुकी सुकी सयले थुकी नदी भनेभैm हजारौं काममा सहभागी थिए ।
मेयर साँङ्गपाङ्ग काममै व्यस्त भईहाल्थे समय समयमा धेरै समूहलाई कामका बारे पनि जानकारी गराउनुहुन्थ्यो । आप्mनो योजना सुनाउँदै उहाँले भन्नुभयो —‘जलाशय बनाउँछौं र स्टोर पानी गछौं र हिउँदमा ख्वाउँछौं , र त्यहि जलाशयमा कोशीको पानी ल्याउँछौं र त्योपानीबाट टर्वाईन घुमाएर धरानमै विजुली उत्पादन गरेर खपत गछौं ।’
हर्कलाई समर्थन गर्न शनिबार भूतपूर्व सेनाहरु समेत पुगे । उनीहरुले आर्थिक सहयोग समेत गर्दै हर्कको विरोधिलाई भ्यागुता कुल्चेजस्तो कुल्चिने भन्दै खबरदारी गरे । साङ्गपाँङ्गले भन्नुभयो —‘हजारमा २ जना विरोध गर्ने पनि चाहिन्छ , म एक्लै म नाथेले के गर्न सक्छु र ?’
मेयर हर्कले यो धरानको मात्रै नभएर राष्ट्रिय अभियान बनिसकेको बताउनुभयो । भूतपूर्व सैनिकले बनाएको धरान भन्दै उहाँले एकसमयमा भूतपूर्वलाई बन्दुके भनेर हेला होंचो गर्ने गरेको स्मरण गर्दै त्यस्तो नभएको बताउनुभयो ।‘लाहुरे , चाउरे , व्यापारी म जस्तो कुल्ली मेयर सवै मिलेर बनाउने हो धरान ।’
श्रमदानमा सहभागी हुन आएकाहरुले खाजाको व्यवस्था पनि स्वत स्पूmर्त गरेको देखिन्थो । सामाजिक संञ्जालमा व्यापक आक्रमणहरु देखेर पनि होला शनिबार हर्कका प्रशंसकहरु समर्थन गर्न खोला र पाखाभरी भरिएका थिए । वेला वेला आक्रामक हुँदै विरोधिमाथि धावा पनि वोल्थे र लाग्थे आप्mनो काममा ।
अविचलित एउटा मानिस हर्कमा न मेयर भएको घमण्ड देखिन्थ्यो न उनको आसेपासे , झोले देखिन्थ्यो अविचलित साङ्गसाङ्ग एउटा खेतालो लगाएको घरको रमाईलो र फुर्तिलो परिवारको मुली भैmं आप्mनै सुरको हाँसो माझ काममा खटिनुहुन्थ्यो । धरान बनाउनुपर्छ , राष्ट्रलाई चिनाउनुपर्छ , आपैm आत्मनिर्भर बन्नुपर्छ भन्ने शन्देसका साथ उनी सहभागीहरुसँग काममा जोडिनुहुन्थ्यो ।सहभागीहरु आप्mनै लयमा लयवद्ध देखिन्थ्यो । सायदै यो श्रमदानमा सहभागीहुनेहरुलाई गर्व गर्नेछन् , एउटा असल व्यक्तिलाई सहयोग गर्नुपनि मानविय दायित्व हो ।यहि दायित्व निभाउन कटारीबाट म ऋषि राई र युवा निशान राई सर्दुजलाधार पुग्दा गाईघाट साउनेका अर्का युवा पवन राई नि जोडनुभयो ।https://www.youtube.com/watch?v=1oVj5K5B0pc&t=123s