जन्ताभ्वाईस सम्बाददाता
आईतबार ,२२, साउन , २०७९
कटारी / उदयपुर जिल्लाको लिमचुङबुङ गाउँपालिका ३ बाराहा निसन्टारमा चट्याङ लाग्दा एक स्थानीयका झण्डै आधादर्जन चौपाया (गाईबस्तु) मरेका छन् । शनिबार राति वर्षासँगै परेको चट्याङ्ले स्थानीय मदनबहादुर कार्कीको गाई गोरु मरेको हो ।
चट्याङले गोठमा बाँधेर राखिएका २ माउ गाई र ३ वटा गोरु घटनास्थलमै मरेको पीडित कार्कीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय लिमचुङबुङ्ले जनाएको छ । प्रहरीका अनुसार राति सबै सुतिसकेका बेला चर्को आबाजले चट्याङ परेको तर, गाई गोरु मरेकोे घरधनीले आईतबार विहान मात्र थाहा पाएका थिए ।
वडाका वडाध्यक्ष गुरुमणि कुमाईसहित प्रहरी टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का तयार गरी मृत चौपायाको दफन गरिएको इप्रकाले जनाएको छ । प्रहरीका अनुसार ५ वटा गाई गोरु मर्दा कार्कीलाई कम्तीमा २ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।


जनता भ्वाइस 








