जन्ताभ्वाईस सम्बाददाता
विहिबार , १९ साउन , २०७९
गाईघाट / उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी पसेपछि करिब २५ सय वासिन्दा विस्थापित भएका छन् । सप्तकोसीले मंगलबार बिहानदेखि कटान गरेर गाउँपसेपछी बुधबार बेलुकी सम्ममा करिब १ हजार मानिसलाई सुरक्षित स्थानमा राखिएको छ । त्यस्तै, १ हजार ५ सय भने आफै सुरक्षित स्थानतर्फ गएका छन् ।
सप्तकोशीको बाढीले नगरको वडा नं ३ र ८ मा प्रवेश गरेर कटान गरेपछि बुधबार दिनभर १ हजार जनालाई नगरको विभिन्न सुरक्षित स्थानका विद्यालय तथा सिटिहलमा लगेर राखिएको छ ।
यता, नगरको श्रीलङ्का टापु, सिसौलिया घाट, एबिसी, तपेश्वरी सातपत्रे सहितका स्थानमा कोशीले कटान गरेर पानी प्रवेश गरेपछि झण्डै १ हजार ५सय आफैं गाउँ छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गएका छन् ।
बाढीका कारण पीडित बनेका नगरको वडा नं ३ र ८ का हजार जनालाई नगरपालिकाले सेतीखोला, बानडाँडा, तपेश्वरी र सातपत्रेका विभिन्न मावि तथा निमाविसहित आधारभूत विद्यालयमा राखिएको छ ।
फोटोहरु –


जनता भ्वाइस 












