जन्ताभ्वाईस सम्बाददाता
बुधबार , १८ साउन , २०७९
कटारी/कटारी , ४ तित्रीबोटमा एकजना जेष्ठ नागरिकको शव ईनारभित्र फेला परेको छ । स्थानीय ७० वर्षिय पन्चसिंह दनुवारको शव ईनार भित्र फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले परिवारकै सदस्यले ईनारमा शव देखेपछी खबर गरेको जानकारी आएपछी प्रहरी घटनास्थल पुगि शवलाई पोष्टमार्टमका लागि कटारी अस्पत्ताल ल्याईएको बताउनुभयो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको पनि उहाँले बताउनुभयो ।‘कसरी घटना भयो अनुसन्धान गरिरहेका छौं ’डिएसपी राईले भन्नुभयो ।
आज विहान शव ईनारमा फेला परेको जानकारी आएको वडाध्यक्ष भूपेश तामाङ्गले बताउनुभयो ।‘ईनारमा शव फेला परेको छ ट्याक्टर पठाउनु भनेपछी ट्याक्टर व्यवस्थापन गरेर पठाईयो ।’उहाँले भन्नुभयो —‘यो भन्दा अरुमलाई थाहा भएको छैन् ।’घटना लगत्तै शसस्त्र प्रहरी वेश क्याम्प कटारीका प्रमुख प्रहरी निरिक्षक भूपेन्द्र वस्नेत लगायतका प्रहरीको टोलीले शव ईनारबाट निकालेको थियो ।


जनता भ्वाइस 







