images
images

कटारीमा जारी फुटबलमा गवुवा र नेपालटार विजयी

जन्ताभ्वाईस सम्बाददाता
१६ साउन , सोमबार , २०७९
कटारी /कटारीमा शनिबारदेखि जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको तेस्रो न्युस्टार युवा क्लव कटारी , ४ गवुवा र आदर्शयुवा क्लव नेपालटार उदयपुरगढीले जित हात पारेका छन् । विहान भएको खेलमा गवुवाले सिर्जनशिल फुटवल क्लव फेदी दुधौली ८ शंखटारलाई १ का विरुद्ध २ गोल गर्दै जित हात पारेको हो ।
खेलमा गवुवाका लागि कृष्ण राई र पवन मगरले एकएक गोल गरे । शंखटारका लागि दिवश बुढाथोकीले एक गोल गरेका थिए ।गवुवाका पवन मगर म्यान अफ द म्याच घोषित भए । त्यसैगरी वेलुकाको खेलमा मुनाल फुटबवल क्लव कटारीको टिमलाई आदर्श युवा क्लव नेपालटारको टिमले १ का विरुद्ध २ गोल गर्दै जित हात पारेको हो ।
नेपालटारका लागि अनुराग चौधरी र दिपेश मगरले एक एक गोल गरे । मुनलाका लागि एक गोल राहुल अधिकारीले गरेका थिए । नेपालटारका अनुराग चौधरी म्यान अफ द म्याच घोषित भए ।
कटारी फुटबल क्लवको आयोजनामा जारी प्रतियोगिता आगामी साउन २८ गते सकिनेछ । प्रतियोगितामा २४ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने क्लबका अध्यक्ष अम्बर तामाङ्गले बताउनुभयो ।