images
images

कटारीमा भएको वस दुर्घटनामा ९ जना घाईते

जन्ताभ्वाईस सम्बाददाता
१६ साउन , सोमबार , २०७९
कटारी/ कटारी , ४ मरुवामा आज दिउँसो भएको वस दुर्घटनामा ९ जना घाईते भएका छन् । सोलुखुम्बुुबाट बिराटनगर हिडेको बा ३ ख २९५६ नम्बरको बस कटारी ४ मरुवामा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार घाईतेहुनेहरुमा बसका सहचालक हलेसी तुवाचुङ्गका संजिव राउत, विराटनगर नगरपालिका –७ का खड्ग वहादुर भुजेल, कटारी–४ का तेज कमार राई, पाँचथर फिदिमका भुपेन्द्र पोखरेल त्यसैगरी ओखलढुङ्गा सिद्धिचरण नगरपालिका एकराज कोइराला, मोरङ्ग कानेपोखरीकी गंगा देवी भुजेल सोही स्थानकी धनमाया भुजेल सिन्धुली फिक्कल गाउँपालिका –४ का जित वहादुर विसुंखे र ओखलढुङ्गाका युवराज कोइराला रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीले जनाएको छ ।
घाईतेहरुलाई कटारी अस्पत्तालमा प्राथमिक उपचार गरी ५ जनालाई विराटनगर र धरान रेफर गरिएको छ । अन्य ४ जनाको कटारी अस्पत्तालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
विराटनगर पाएक पर्ने घाईतेहरु विराटनगर र धरान पाएक पर्नेहरु धरान तर्पm गएको बताईएको छ । विस्तृत आउन बाँकी छ । दुर्घटना लगत्तै शसस्त्र प्रहरी बल कटारीका प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र वस्नेतको टोली गई घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको थियो। पानी परेको समयमा वसको व्रेक फेल भई दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।