जन्ताभ्वाईस सम्बाददाता
१५ साउन , आईतबार २०७९
कटारी /कटारीमा शनिबारदेखि सुरु खुल्ला नकआउट फुटवल प्रतियोगिताको दोस्रो दिन आज गुराँस फुटबल क्लब कटारी , २ र जनसंगम युवा क्लव चन्दनपुर ,दुधौलीले जित निकालेका छन् । विहान भएको खेलमा गुँरासेले कटारी ५ जहडीलाई टाईपव्रेकरमा ४ का विरुद्ध ५ गोल गर्दै जित हात पारेको हो ।
खेल अवधिमा एक एक गोलको बराबरी भएपछी भएको टाईपव्रेकरको नतिजाबाट गुराँसेले जहडीलाई पराजित गरेको हो । त्यसैगरी वेलुकाको खेलमा रिस्कू चन्दनपुर कटारीको टिमलाई जसंगम युवा क्लव चन्दनपुरको टिमले १ का विरुद्ध २ गोल गर्दै जित हात पारेको हो ।
चन्दनपुरका लागि रामदेव कुमर र संञ्जिव धामीले एक एक गोल गरे । रिस्कूका लागि एक गोल अमुल दनुवारले गरेका थिए । चन्दनपुरका धिरज कुमार म्यान अफ द म्याच घोषित भए ।
कटारी फुटबल क्लवको आयोजनामा जारी प्रतियोगिता आगामी साउन २८ गते सकिनेछ । प्रतियोगितामा २४ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने क्लबका अध्यक्ष अम्बर तामाङ्गले बताउनुभयो ।


जनता भ्वाइस 








