images
images

वर्षाले जनजीवन प्रभावित , रिस्कूमा ट्रक वग्यो , कटारीमा डुबान

जन्ताभ्वाईस सम्बाददाता
१५ साउन , आईतबार २०७९
कटारी /अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछी आएको बाढीले कटारी , ७ रिस्कूस्थित वैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ ।
सोमबारेबाट रिस्कुतर्पm हिनेको वागमति प्रदेश ००३००१ख २०६१ नम्बरको ट्रक बगाएको हो । वाढी आएपछी खोलाकिनारमा रहेको खाली ट्रक बगाएको स्थानीयले बताएका छन् । रिस्कूतर्पm काठलिन हिनेको खालि ट्रक खोलाले बगाएको हो ।
त्यसैगरी वर्षाकै कारण कटारी , ४ को बजार क्षेत्र डुबानमा परेको छ ।बजारसँगै सिद्धिचरण राजमार्गको सडक नै डुबानमा पर्दा आउजाउमा समेत समस्या भएको छ । स्थानीयले घर नै भत्काएर लैजान लागेको बताउँदै नगरमा गुनासो गरेका थिए ।
दिगो ढलनाला व्यवस्थापन नहुँदा वर्षादमा कटारी बजारका पसल तथा घरहरु डुबानमा पर्ने गरेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएपछी स्थानीय आक्रोसित भएका छन् । कटारीका जनप्रतिनिधिहरुले समस्या समाधानमा चासो नदिएको बताउँदै उनीहरु नगरपालिका पुगेका थिए ।