जन्ताभ्वाईस सम्बाददाता
१४ साउन , शनिबार , २०७९
कटारी/कटारीमा आजदेखि सुरु खुल्ला नकआउट फुटवल प्रतियोगिताको उदघाटन खेलमा एसवाईसी जोगिदह ,गाईघाट विजयी भएको छ । जोगिदहले आयोजक कटारी फुटबल क्लबलाई ० का विरुद्ध २ गोल गर्दै जित हात पारेको हो ।
आयोजक कटारीको घरेलु मैदानमै जोगिदहले पहिलो हाफमा विशाल चौधरी र दोस्रो हाफमा शुसन राईको गोलबाट जित हात पारेको हो । खेलको म्यान अफ द म्याच जोगिदहका विशाल चौधरीलाई कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले मेडल र नगद प्रदान गर्नुभयो ।
कटारी फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा २४ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने क्लबका अध्यक्ष अम्बर तामाङ्गले बताउनुभयो ।
प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख मेयर श्रेष्ठले नगरलाई चिनाउनका लागि खेलको महत्व भएकाले खेलक्षेत्रमा नगरले हातेमालो गर्ने बताउनुभयो । त्यसैगरी उपमेयर गिता खड्काले प्रतियोगिता सफलताको शुभकामना दिनुभयो ।


जनता भ्वाइस 









