जिल्लामा वेरुजुमा प्रथम नगरका कर्मचारी खान्छन् प्रोत्साहन भत्ता
-ऋषि राई
१४ साउन , शनिबार , २०७९
कटारी/महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले कटारी नगरपालिकाका कर्मचारीहरुले एकैदिन दुईवटा वैठक राखेर समेत भत्ता असुलेको देखाएको छ । प्रतिवेदनको ५६ दशमलव १ नम्बर वुँदामा उक्त वढी वैठक भत्ता असुलेकाहरुबाट बढी वैठकको भत्ता सम्बन्धितबाट असुल्नुपर्ने पनि उल्लेख गरिएको छ । ‘वैठक बसेवापत भत्ता भुक्तानी दिंदा एकैदिनमा दुईवटा भन्दा बढी वैठक वसेकोमा सवैको भुक्तानी दिएकोले वढी भुक्तानी दिएको रकम सम्बन्धितबाट असुल हुनुपर्ने १ लाख ४३ हजार ६ सय ५० ’प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा वैठक वसेको देखाएको मिति समेत उल्लेख गरेको छ । भत्ता लिने ३१ कर्मचारीको नाम छ । जसमा सवैभन्दा बढी वैठक देखाएर भत्ता खानेमा आईटी अधिकृत रोशन कार्की छन् जसले १४ वटा वढी वैठकको भत्ता असुलेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी दोस्रो ११ वटा वढी वैठकको भत्ता खानेमा सहायक कम्प्युटर अपरेटर सुदिप श्रेष्ठ छन् ।
त्यस्तै कार्यालय सहायक परशुराम दनुवारले १० , आ.ले.पका दिलिप श्रेष्ठ र सहायक कम्प्युटर अपरेटर चुनबहादुर मगरले नौ नौ वटा वढी वैठक वसेको भत्ता असुलेको प्रतिवेदनले सार्वजनिक गरेको छ । भत्ता असुल्नेमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्याल , अमर प्रसाद भट्टदेखि नगरका विभिन्न शाखाका कर्मचारी समेत रहेका छन् ।
आश्चर्य लाग्दो कुरा त यो छ की एकैदिनमा पटक पटक वैठक वस्नुपर्ने प्रस्तावहरु एउटै वैठकमा किन राखिएन ? र यतिका वैठक वसेर गरेको काम जिल्लामा वेरुजुमा प्रथम बनाउनकै लागि थियो त ?
महालेखाले पटक पटक सुझाव दिएपनि कटारीका कर्मचारीले वेरुजु घटाउन टेरपुच्छर लगाएको देखिन्दैन् । अन्नत जिल्लामा सवैभन्दा बढी वेरुजु निकाल्न सफल भएका छन् । नगरलाई सफल बनाउन प्रशासनिक रुपमा चुस्त हुनुपर्ने कर्मचारीहरु नै नगरको दोहनमा लागेको पाईएको छ ।
त्यतिमात्रै होईन नगरपालिकाका सिमित करारका कर्मचारीले नगरलाई दुहुनो भैंसी बनाएको समेत पुष्टि हुन आएको छ । प्रतिवेदनको ५८ औं वुंदामा लेखिएको छ ‘करार सम्झौता गरेको भनि स्थायी कर्मचारी सरह महंगी भत्ता भुक्तानी गरेको सम्बन्धमा मन्त्रालयले दिएको निर्देशन विपरित भत्ता भुक्तानी गरेको नियमित नदेखिएको ’नियमित नदेखिएको भन्नाले अनियमिता भएको देखाएको छ ।
जसमा ७ जना करारका कर्मचारीले प्रतिव्यक्ति २४ हजारका दरले १ लाख ६८ हजार खाएका छन् । यसरी अनियमित रुपमा खानेमा सुर्यवहादुर खड्का , गिरीराज खड्का ,चुनबहादुर मगर ,सुदिप श्रेष्ठ ,रोशन कार्की ,रामु चौधरी र पर्शुराम दनुवार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यतिमात्रै होईन प्रतिवेदनको ६१ औं वुँदाले भन्छ ‘कानुन नबनाई यो वर्ष ११ जना कर्मचारीलाई कर्मचारी प्रोत्साहन तथा पुरस्कार शिर्षकबाट मिति २०७७ साउनदेखि कार्तिकसम्म सुरु तलव स्केलको ३० प्रतिशत रकम वापत जम्मा रु ३ लाख ५० हजार ८४ मा १५ प्रतिशत कर कट्टा गरी खुद रु ३ लाख १८ हजार ८ सय २१ रकम प्रोत्साहन भत्ता खर्च गरेको कारण आर्थिक व्ययभार बढ्न गएको ।’नगरलाई टाट पल्टाएर वेरुजुमा जिल्ला प्रथम बनाउनेहरुलाई कुन प्रोत्साहन दिएर व्यवभार बढाईयो त्यो भने जनताले वुभ्mन वाँकी छ ।
त्यस्तै ६२ औं वुँदामा नगरका सवारीसाधनहरु जिन्सीमा चढाएको नदेखिएको र उक्त सवारीसाधन कसलाई जिम्मा दिएको कुनै अभिलेख नरहेकोले नगरका कर्मचारीहरुले पहुँच अनुसार मनमौजी संञ्चालन गरेको हुनसक्ने भएकाले यसमा नगरवासीहरु आपैmले सचेत भई नागरिकको करबाट उठेको पैसाले खरिद गरेको सवारीसाधन अरुले मनमौजी चलाएकोमा निगरानि राख्नुपर्ने देखिन्छ ।
यसैगरी दैनिक भ्रमण भत्ता , अनुगमन भत्ताका नाममा पनि अनियमिता भएकोले सुधार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरका सवै शाखाका सवै कामहरु नियम अनुरुप नभएको पाईएको छ ।
कर्मचारीहरुको मिलेमतोमा नगरको दोहनका कारण महालेखा परीक्षकको प्रतिवेदन अनुसार उदयपुर जिल्लाभरीमा कटारी नगरपालिकामा सवैभन्दा बढी बेरुजु देखियो । सार्वजनिक महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तह मध्ये कटारी सबैभन्दा बढी बेरुजु निकाल्ने स्थानीय तह बनेको हो ।
बेरुजु भन्नाले रुजु हुन नसकेको आर्थिक कारोबार हो वा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।
महालेखाका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा उदयपुरमा सवैभन्दा बढी कटारी नगरपालिकामा ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत बेरुजु पुगेको हो । यस अघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो । बेरुजु घटाउनेवेलामा झनै बढाउनुले कटारी नगरपालिकामा अनियमितताको पराकाष्ठा छ भन्ने प्रष्ट पार्दै गएको छ ।


जनता भ्वाइस 








