images
images

बाल विकास सहजकर्ताहरुका लागि सिकाई तालिम सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
१३ साउन , शुक्रबार , २०७९

कटारी /कटारीमा प्रारम्भिक बाल विकास सहजकर्ताहरुका लागि ६ दिने प्रभावकारी शिक्षण सिकाई तालिम सम्पन्न भएको छ । नेपाल लोक कल्याण संघ (स्वान) नेपालले कटारी नगरपालिकाको सहकार्यमा तालिमको आयोजना गरेको थियो ।
तालिममा कटारी नगरपालिकाको शिक्षा शाखाले छनौट गरेका यस अघि तालिम नलिएका २३ जना सहभागीहरुले सहभागिता जनाएका थिए । तालिमको सहजिकरण प्रशिक्षक उत्तम दाहालले गर्नुभएको थियो ।
तालिमको समापनमा वोल्दै प्रमुख अतिथि कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले शिक्षण शैली परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।‘सवैजना कसरी प्रभावकारी रुपमा आप्mनो काम गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ ।’अधिकृत किरातीले भन्नुभयो —‘शिक्षा क्षेत्रका समस्या क्रमश ः समाधान गर्दै जाने हो ।’
नगरले क्रमश विद्यालयहरुमा अनुगमन गर्दै जाने पनि किरातीले बताउनुभयो । कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र पनि किरातीले प्रदान गर्नुभएको थियो । प्रशिक्षार्थीहरुले प्रशिक्षक दाहाललाई मायाको चिनो प्रदान गरे ।
कार्यक्रमको समापन गर्दै स्वान नेपालका कटारी संयोजक श्याम माझीले आगामी दिनमा पनि यस्ता शैक्षिक तालिमहरुको आयोजना गर्ने बताउँदै तालिम सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो ।तालिमको समापनमा कटारीका विद्यालयका प्रधानाध्यापकहरुको समेत उपस्थिति रहेको थियो ।