images
images

कटारीमा कटारी फुटबल क्लब गठन

जन्ताभ्वाईस सम्बाददाता
१३ साउन , शुक्रबार , २०७९

कटारी / कटारीमा फुटबल खेलको विकासका लागि फुटबल क्लव गठन गरिएको छ । कटारीका फुटबल खेलाडीहरुले कटारी फुटबल क्लव गठन गरेका हुन् ।
अम्बर लामाको अध्यक्षतामा गठित फुटबल क्लवलाई उदयपुर जिल्ला खेलकुद विकास समितिमा दर्ता समेत गराईसकेका छन् । फुटबल क्लवका रुपमा मात्रै दर्ता गरी कटारीमा फुटबल खेल क्षेत्रलाई विकास गर्न खेलाडीहरु लागि परेको खेलाडी प्रताप राईले बताउनुभयो ।
क्बलले शुक्रबारदेखि खुल्ला नकाउट प्रतियोगिता समेत आयोजना गर्दैछ । आगामी साउन २८ सम्म संञ्चालन हुने प्रतियोगितामा २४टिमले प्रतिष्पर्धा गर्दैछन् भने उदघाटन खेल आयोजकसँग जोगिदह गाईघाटले प्रतिष्पर्धा गर्नेछ ।
यसअघि साथी समूहले कटारीको फुटबलका लागि व्यवस्थापनको कार्य गर्दै आएको थियो । फुटबल क्लवै रुपमा फुटबल क्षेत्रलाई समेट्ने गरी कटारीमा यो क्लव दर्ता भएको खेलाडीहरु बताउँछन् । क्वलको टिम क्याप्टेन गोपाल लिम्बु रहेका छन् ।