images
images

लभसाईन बनेपछी सिमसार घुम्ने बढे , नगरले डिपिआर नदिएपछी उपभोक्ताले विरोध जनाउन थाले

– ऋषि राई
१२ साउन , विहिबार , २०७९

कटारी / कटारी , ५ स्थित सिसाघारी सिमसारमा प्रेम प्रतिक(लभसाईन) निर्माण भएपछी सिमसारमा फोटो खिच्न र घुम्न आउनेको संख्या बढ्दै गएको छ । सिमसारमा सिसाघारी सामुदायिक बन उपभोक्ता समूहलाई लभसाईन बनाउन निर्माण व्यवसायी जनक वस्नेतले सघाउनुभएको थियो ।
समूहका सचिव तथा सिमसार तथा पर्यापर्यटन क्षेत्र संयोजक दिलबहादुर अधिकारीका अनुसार लभसाईन बनाउन झण्डै तीनलाख खर्च भएको छ ।‘भक्त ईन्जिनियरिङ्गका जनक वस्नेतले आधा खर्च र समूहको आधार खर्च लागेको छ ।’
पछिल्लो समय सामाजिक संञ्जाल फेसबुक , टिकटक , ईन्स्टामा फोटो ,भिडियोहरु मार्पmत प्रचार प्रसार हुने भएकाले आन्तरिक र वाह्य पर्यटकको रोजाईको साथमा लभसाईन निर्माण गरिएको हो । पछिल्लो समय सिसाघारी सिमसार आन्तरिक र वाह्य पर्यटकको रोजाईको केन्द्र बन्दै गएको छ ।
वालवालिकाहरुका लागि समेत खेल्नेस्थल निर्माणभएपछी यहाँ रमाउन वालवालिका , युवा , युवतीका अलावा सवै उमेर समूहका मानिसहरु पुग्दै आएका छन् । ६ वर्ष अघिसम्म स्थानीय उपभोक्ताहरुको अतिक्रमणमा परेको खुल्ला जग्गा र चउर अहिले लोभलाग्दो पर्यटकिय क्षेत्र बनेको छ ।
२०७५ सालमा सहयोगी हातहरुको समूह सहास नेपाल कटारीले झापाको कन्काई नगरपालिका स्थित जामुख खाडी सिमसार भ्रमणमा लगेपछी कटारीमा पनि सिमसार बनाउन सकिने भन्दै उपभोक्ता समिति कसिएको थियो । ‘जामुनखाडीको सिमसार देखेपछी त्यस्तै बनाउने सम्भावना छ भन्ने लागेर थालेका थियौं ’समितिका संयोजक दिलबहादुर अधिकारी भन्छन् ।
सामुदायिक बन उपभोक्ता समूहले जनश्रमदान सहित १ लाख ५० हजारको लागतमा उपभोक्ताहरुले अतिक्रमण गरेको क्षेत्रलाई नियन्त्रणमा लिएर सिमसार क्षेत्र बनाउन सुरु गरेका थिए ।
उपभोक्ताहरुको कार्य प्रारम्भसँगै सिमसारको विकासका लागि तत्काल कटारी नगरपालिकाले ५ लाख सहयोग गरेपछी थप कार्य प्रारम्भ भएको थियो । नगरको सहयोगपछी सिमसारमा डिभिजन बन कार्यालयको ध्यान तानियो ।
लगत्तै डिजिजन बन कार्यालयले पर्यापर्यटन कार्यक्रम अन्र्तगत १० लाख सहयोग गरेपछी सिमसार क्षेत्रमा २ थान बोर्ड राखियो साथै बेन्च , सिंढी निर्माण भए , त्यसैगरी ४ लाखमा आउटलेट पनि निर्माण गरियो ।अहिले थुप्रै संरचना निर्माण भईसकेका छन् । सिमसारलाई पर्यटकिय क्षेत्र निर्माणका लागि समूहले २०७६ साल फागुनमा महापुराण समेत लगाएको थियो ।
अहिले सिमसार घुम्न संयौंको हाराहारीमा पर्यटक आउने छन् । सिमसारमा अहिले उदयपुर , ओखलढुंगा लगायत प्रदेश नम्बर २ बाट समेत पर्यटकहरु आउने गरेका छन् ।आप्mनै पहलमा अतिक्रमणमा पर्दै गएको क्षेत्रमा छोटो समयमै पर्यटकिय गन्तब्य बनाउन सफल भएको उपभोक्ताहरु बताउँछन् ।

डिपिआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट ) नहुँदा संरचना निर्माण अन्यौलमा

छोटो समयमा सिमसारमा उल्लेख्य संरचना निर्माण भयो । पर्यटकिय गन्तब्य पनि बन्यो तर यसको दिर्घकालिन विकासका लागि आवश्यक डिपिआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट ) नहुँदा संरचना निर्माण नै अन्यौलमा परेको छ ।
समूहले दुईवर्ष अघि यसलाई वृहत बनाउने लगाएको महापुराण पछी नै डिपिआरका लागि कटारी नगरपालिका धाएको हो ।‘नगरपालिकाका सव ईन्जिनियर ओम मिश्रले डिपिआर बनाएर दिन्छौं भन्नुभयो ।’संयोजक अधिकारीले भन्नुभयो —‘दुईवर्ष धाउँदा पनि कहिले कम्प्युटर विग्रियो भनेर कहिले के को बहानामा डिपिआर पाउन सकेनौं ।’
मिश्रले सामान्य एकपाने ग्राफिक डिजाईन नक्सा बाहेक अन्य केहि नदिएको संयोजक अधिकारीले बताउनुभयो । ‘अहिले उपभोक्ताहरुको ठूलो विरोध यहि विषयमा छ ।’अधिकारीका अनुसार तत्कालिन वडाध्यक्ष शंकर राईले कार्यपालिका वैठकबाट नै डिपिआर बनाउने निर्णय भएको बताउनुभएको थियो ।‘सिमसार र गैंडा आहालको गरी १५ लाखमा डिपिआर बनाउने निर्णय भएको अध्यक्षले सुनाउनुभएको थियो ।’संयोजक अधिकारीले भन्नुभयो —‘त्यो पैसा नगरपालिकाले भुक्तान ग¥यो होला तर हामीले डिपिआर पाएनौं ।’
अधिकारीले केहि दिनमै उपभोक्ता भेला गरेर डिपिआरको बारेमा अध्ययन गर्न सवै उपभोक्ताहरु नगरपालिका जाने भनेर छलफल भईरहेको बताउनुभयो । ठूलो लगानीका साथ कटारीको महत्वपूर्ण पर्यटकिय गन्तब्य बन्दै गएको सिमसारमा डिपिआर नहुँदा समस्या थपिएको अध्यक्ष अधिकारीको भनाई छ ।

लभ साईन बनाउन सिमसारबाटै उठेको रकम लगानी गरिएको समूहले जनाएको छ । सिमसारका लागि वडाले समेत सहयोग नगरेको समूहको गुनासो छ । सिमसारको गेटसम्म जाने आउने बाटो समेत हिलाम्मेहुँदा पनि समूहलाई सहयोग नमिलेपछी समूहले नै जेनतेन आउजाउका लागि मर्मत सम्हार गरेको पनि संयोजक अधिकारीले बताउनुभयो ।