जन्ताभ्वाईस सम्बाददाता
५ साउन , बिहिबार , २०७९
दुधौली /सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ८ स्थित किरातेस्वर मन्दिर प्रचार प्रसार तथा सम्बन्धित निकायको वेवास्ताका कारण ओझेलमा परेको छ । वडाको शंखटार फेदी देखि २ किलोमिटर दुरीमा रहेको किरातेश्वर मन्दिर साउने सोमबार भक्तजनहरुको भिडभाड हुने गर्दछ् ।
विभिन्न समयमा पुजा आराधनाका लागि भक्तजनहरु पुग्नेभएपनि यसको प्रचार प्रसार तथा भौतिक संरचना निर्माण नहुँदा ओझेलमा परेको स्थानीय बताउँछन् ।वषौंपहिले घाँसे दाउरे पत्ता लगाएको उक्त मन्दिरमा पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको संरक्षक लिलबहादुर चौहानले बताउनुभयो ।
चौहानका अनुसार त्यहाँ पुग्न जाने बाटो नभएको , खानेपानी र पूर्वाधार अभावले समेत यसलाई ओझेलमा पारेको छ ।यहाँ वर्षेनी साउने सोमबारका अलावा अन्य समयमा पनि दुधौली र आसपासबाट भक्तजनहरु जाने गरेका छन् ।
यसलाई सवैले चासो दिए धार्मिक पर्यटनको सम्भावना बोकेको दुधौलीको युवा लगत कार्की बताउँछन् ।स्थानीय सरकार लगायतका सरोकारवालाहरुले यसलाई चासोका साथ विकास गर्न सके उक्त क्षेत्रमा पनि धार्मिक क्षेत्र बन्दै जाने स्थानीयको भनाई छ ।


जनता भ्वाइस 







