images
images

छोटो समयमै ३ जनाको अज्ञात रोगले ज्यान गएपछी खसिबासमा स्वास्थ्य शिविर आयोजना

जन्ताभ्वाईस सम्बाददाता
३ साउन , मंगलबार , २०७९

कटारी /कटारी नगरपालिकाको वडा नम्बर १ को खसिबासमा आज आयोजित निशुल्क स्वास्थ्य शिविरमा ५९ जनाले स्वास्थ्य जाँच गराएका छन् । पछिल्लो समयमा गाउँमा नियमित ज्वरो आउने , रगत वान्ता गर्ने र ३ जनाको ज्यानै समेत गएको र विरामी बढेको स्थानीयले जानकारी गराएपछी आज स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
कटारी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य जाँच गरिएको शाखाका पंकज कुशवाहा क्षेत्रीले बताउनुभयो । ‘डेंगु , मलेरिया , कोरोना जस्ता कुनै पनि गम्भिर प्रकृतिको विरामी पाईएन् ।’क्षेत्रीले भन्नुभयो —‘त्यस्तो कुनै पनि डरलाग्दो रोगको प्रकोप देखिएन् ।’
नगरको स्वास्थ्य शाखाको स्वास्थ्यकर्मीको टोली , कटारी अस्पत्तालका मेडिकल सुपरीटेण्डेट सन्तोष साह लगायतका अस्पत्तालको स्वास्थ्यकर्मीको टोली , ल्यावटोली खसिवासमा स्वास्थ्य जाँच गर्न पुगेका थिए । खसिबासमा पछिल्लो समय ज्वरो आउने विरामी बढेको साथै रगत वान्ता गर्ने र अज्ञात रोगका कारण एक्कासी ३ जनाको छोटो समयमा नै ज्यान गएको स्थानीयले बताएका छन् ।