जन्ताभ्वाईस सम्बाददाता
२ साउन , सोमबार , २०७९
क्टारी । आज साउनको पहिलो सोमबार कटारी , ३ ताराघारी स्थित महादेव गुफामा पनि विहानैदेखि भक्तजनहरु पुजाआराधनाका लागि पुगिरहेका छन् ।पछिल्लो समय धार्मिक पर्यटनको गन्तब्य बन्दै गएको महादेव गुफामा कटारी आसपासका स्थानीय तहबाट विहानैदेखि पुजाआराधनाका लागि दर्शनार्थीहरु आईरहेका छन् ।
गुफा व्यवस्थापन समितिका अनुसार यहाँ वर्षैपिच्छे साउने सोमबार पुजा आराधनाका लागि आउनेहरुको घुईचो लाग्ने गर्दछ । यसका साथै कटारी नगरका विभिन्न शिवालयहरुमा पनि पुजा आराधना गर्न दर्शनार्थीहरु पुगिरहेका छन् ।
साउन सोमबार भगवान शिवको आराधनाका लागि विशेष मानिन्छ । शिवपुराणका अनुसार यस दिन व्रत र पूजा गर्नाले सबै प्रकारका समस्या हट्न थाल्छन् । यसका साथै परिवारमा सुख–शान्ति छाएको छ । महाकाल भएकाले शिवको विशेष पूजा गर्नाले दुर्घटना र अकाल मृत्यु हुँदैन् भन्ने जनविश्वास छ ।
शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ । पहिलो सोमबार आज चन्द्रमा पूर्वभाद्रपद नक्षत्रमा हुनेछ। यससँगै शोभन र रवि योग पनि बनिरहेका छन् ।


जनता भ्वाइस 







