-मोहन दनुवार
१ साउन , आईतबार , २०७९
(तित्रीबोटको चिनारी सङ्कटमा ) पहिचान भन्ने शब्दले आफैंमा लोकप्रियता बोलेको त छ नै त्यसमा पनि नेपालमा हाल आफ्नो जाती, धर्म , लिङ्ग ,भाषा ,संस्कृति आफ्नो समुदाय क्षेत्र गाउँ ठाउँको चिनारी वा पहिचान कायम गर्न पूर्वमा किराँत र लिम्बुवान आन्दोलन मधेस आन्दोलन पश्चिममा थरूहट आन्दोलन मगराँत अनि ताम्सालिङ र नेवा आन्दोलन जस्ता थुप्रै आन्दोलनहरू भए पहिचान को लागि ।
जहाँजहाँ पहिचान भन्ने शब्द बुझेका थिए तर यहाँ यो तस्विर बोल्छ कि यसले पनि कुनै ठाउँको नाम दिएर हजारौं बर्षदेखि छहारी को साथै पहिचान दिलाउन सफल थियो तर त्यसलाई अहिले यसरी बिकासको नाममा बिस्थापित गर्न खोजेको दृश्य झल्किन्छ यो तस्विर बाट।
मलाई थाहा छ यो लेख पढीसके पछि धेरैले बिकास बिरोधिको संज्ञा दिन्छन र मलाई यो पनि थाहा छ मैले यति पनि नबोले जन्मेको माटोले धिक्कार छ मलाई । यस गाछिमा देवीथान समेत भएको हुक ः जय रक्तमालादेवी माता नमोः नमः।
(यो लेख लेखकको फेसबुकबाट जस्ताको त्यस्तै साभार गरिएको हो , जुन रुखको नामको आधारमा कटारी , ४ तित्रीबोट गाउँको नाम रहन गएको थियो त्यसकारण पनि यो ऐतिहासिक रुख हो भन्न सकिन्छ -सम्पादक)


जनता भ्वाइस 







