images
images

पोखरिया कराते डोजोका प्रशिक्षकहरुलाई खेलाडीले गरे सम्मान

जन्ताभ्वाईस सम्बाददाता
१ साउन , आईतबार , २०७९

विराटनगर /नेपाल कराते महासङ पोखरिया कराते डोजो बिराटनगरका कराते खेलाडीहरुले आफ्नो डोजोमा गुरुपूर्णीमाको अवसरमा गुरुपुजा भब्यताका साथ मनाएका छन । खेलाडीहरुले उक्त डोजोका प्रमुख प्रशिक्षक तथा मोरङ कराते प्रशिक्षक बिनोदकुमार राउतलाइ मिठाइ फलफूल तथा उपहार दिएर सम्मान गरेका थिए ।
त्यसैगरी अर्का प्रशिक्षक सुरज सुबेदी , सिनियर खेलाडी एवम् सह प्रशिक्षक बिस्वराज ढकाल र आय्स आचार्य , लायन्स क्लब इन्टरनेसनल सि का एरिया कोर्डिनेटर तथा डोजोका सल्लाहकार घनश्याम पोखरेललाई पनि उपहार सहित सम्मान गरेका थिए ।
सत्ताइस बर्ष अघि स्थापना भएको पोखरिया कराते डोजोले धेरै नै रास्ट्रीय तथा अन्तर्राष्ट्रिय कराते खेलाडीहरु जन्माइ सकेको छ । हाल यस डोजोका सिनियर खेलाडी हरु भुवन कट्टेल , निसान खाती , सुमन राई , प्रतिक कार्की , आकाश मण्डल , अनिस मण्डल , फिरोन पोखरेल , अनमोल सिवाकोटी , महेश यादव , अमन एमडी , बिनिशा कार्की , खुसी मण्डल , ललिता बस्नेत आदी खेलाडीहरुले भारतको बिभिन्न स्थानमा भएको कराते प्रतियोगितामा सहभागी भएर बिभिन्न पदक पाउन सफल भएका छन ।
पोखरिया कराते डोजोमा अहिले ३८ जना खेलाडीहरुले नियमित प्रशिक्षण गरिरहेका छन । अब चाडै यस डोजोको २७ औ बर्ष प्रवेस गरेको बार्षिकी मनाउने तयारी गरिरहेको डोजोका प्रमुख प्रशिक्षक राउतले बताउनु भयो ।