जन्ताभ्वाईस सम्बाददाता
१ साउन , आईतबार , २०७९
गाईघाट /उदयपुरको त्रियुगा नगरपालिकाका ५९ जना करार कर्मचारीलाई सेवाबाट हटाईएको छ । नगरपालिकाले चालु खर्चको व्यायभार कम गर्नको लागी करार र ज्यालादारी कर्मचारी हटाएको हो ।नगरप्रमुख स्तरीय असार ३१ गतेको निणर्यअनुसार साउन १ गते देखि लागू हुने गरी करार म्याद थप नहुने उल्लेख भएपछी उनीहरुको जागिर चैट भएको हो ।
प्रमुख प्रशाकीय अधिकृत पुरुषोत्तम ढकालले जारी गरेको पत्रमा सामी परियोजना तर्फ कार्यक्रम संयोजक जयन्तीकला तामाङ सहित १० जना, महिला हिंसा तथा प्रतिकार्य साझेदारी कार्यक्रम तर्फ कार्यक्रम संयोजक अन्जु राई सहित ८ जना, शहरी पूर्वाधार विकास शाखा तर्फ ईन्जिनियर अनिल पूर्वे सहित ६ जना र न्यायिक समिति सचिवालय तर्फ कानुनी परामर्श विज्ञ कृपाराम चौधरी सहित ३ जनालाई सेवाबाट हटाएको छ ।
यस्तै ऐलानी जग्गा व्यवस्थापन तर्फ सलिना दनुसार सहित ५ जना, कृषि र पशु प्राविधिक, समाजिक परिचालक, सडक वत्तिका केही कर्मचारी, बरुवा बसपार्क व्यवस्थापनमा कार्यरत केही कर्मचारीहरुलाई समेत सेवाबाट हटाईएको हो ।


जनता भ्वाइस 








