जन्ताभ्वाईस सम्बाददाता
३२ असार , शनिबार , २०७९
कटारी /ईलाका प्रशासन कार्यालय कटारीको भवन शिलान्यास गरिएको छ । कटारी , ३ मा कार्यालयको आप्mनै भवन निर्माण गरिने भएको हो ।
आज विहान उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले भवनको शिलान्यास गर्नुभयो ।५ करोड ६३ लाख २० हजार ९ सय ८१ रुपैंया ७६ पैसाको लागतमा कार्यालयको भवन निर्माण सुरु भएको हो ।
मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि , वानेश्वर १० ले भवन निर्माण गर्नेछ ।२ वर्ष भित्रमा भवन निर्माण गरिसक्ने गरी प्रालिले सम्झौता गरेको छ । जिल्लाको पश्चिमी भेगका सेवाग्राहीहरुलाई सेवा दिंदै आएको कार्यालयको आप्mनै भवन नहुँदा भाडामा कार्यालय संञ्चालन गर्दै आएको थियो ।
कटारीमा प्रशासन कार्यालयको आधुनिक भवन निर्माण हुन लागेको र आप्mनै भवनबाट कार्यालयले सेवा दिने तयारी गरेको हो ।


जनता भ्वाइस 







