जन्ताभ्वाईस सम्बाददाता
२७ असार , सोमबार , २०७९
कटारी /आर्थिक अवस्था कमजोर भएका कारण लामो समयदेखि थलिएर बसेका कटारी , ७ का ३ जना विरामीहरुलाई नगरपालिकाले उपचारका लागि आवश्यक पहल थाल्ने भएको छ । आईतबार वडाका विरामीहरुको अवस्था बुभ्mन नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ , वडाध्यक्ष सुविन ढुंगाना , कटारी , ३ का वडाध्यक्ष पुष्कर खड्का विरामीहरुको घरमै पुगेका थिए ।
वडाका २४ वर्षिय राजकुमार वर्देवा , अन्दाजि ५२ वर्षिय मनकुमारी परियार ,२६ वर्षिय प्रदिप नेपालीको अवस्था वुभ्mन जनप्रतिनिधिको टोली घरघरमै पुगेका थिए । वर्देवा झण्डै एकदशक अघि जेसिवी दुर्घटनामा परेका थिए ।
जेसिवीले पेलेका उनलाई त्यतिवेला धरान , विराटनगर , काठमाडौंमा उपचार गरिएको भएपनि अहिलेसम्म निको हुन सकेका छैनन् । पेटमा पिसाव निस्किने लगायतका समस्यालाई उपचार गर्न नपाएका उनलाई उपचारका लागि अस्पत्ताल पठाउने तयारी गरिएको मेयर श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी मनकुमारी परियारको औंला डढ्ने समस्या , प्रदिप नेपालीको ढाड भाँचिएपछी थलिएको समस्यालाई पनि थप उपचारका लागि नगरले पहल थाल्ने मेयर श्रेष्ठले बताउनुभयो । वडाध्यक्ष ढुंगानाले उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न वडाको पहलमा नगरहुँदै थप उपचारका लागि सिफारिस गरी पठाउने तयारी गरिएको बताउनुभयो ।


जनता भ्वाइस 








