जन्ताभ्वाईस सम्बाददाता
२५ असार , शनिबार , २०७९
कटारी /पछिल्लो समय कटारीमा ज्वरो आउने , उल्टी हुने तथा झाडा पखालाको विरामी बढेका छन् । गाउँगाउँमा ज्वरोको विरामी बढेको स्थानीयले बताएका छन् ।
कटारी अस्पत्तालमा दैनिक ८० जनाजति विरामी आउनेमा अहिले १ सय ५० भन्दा बढी विरामी आउने गरेका छन् । ‘अस्पत्तालका वेडहरु भरिभराउ छन् ।’अस्पत्तालका प्रशासन शाखाका नविन वस्नेतले भन्नुभयो —‘दैनिक आउने विरामीको संख्या बढेको छ ।’
अस्पत्तालका अनुसार ज्वरो आउने , उल्टी हुने तथा झाडा पखालाका विरामी कटारी नगरमा बढेका हुन् । कटारी अस्पत्तालका मेडिकल सुपरिटेन्डेड सन्तोष साहले पनि कटारीमा भाईरल फिवर अन्र्तगतका ज्वरोका विरामीहरु बढेको बताउनुभयो ।
डाक्टर साहका अनुसार भाईरल ज्वरो , झाडापखाला लगायतका विरामीहरु मौसम परिवर्तनका कारणहरु हुने बताउनुभयो । ‘यसबाट जोगिन गर्मी भन्दैमा फ्रिजको चिसो नखाने पानी तताएर खाने गर्नुपर्दछ । ’साहले भन्नुभयो —‘झाडापखाला लागेपछी जीवनजल खाने , सरसफाईमा ध्यान दिने तथा खानाहरुलाई छोपेर राख्ने , सडेगलेको नखाने गर्नुपर्दछ ।’
त्रिवेणी माविमा एउटा सेक्सनका विद्यार्थीलाई ३ दिन विदा
ज्वरो आउने विरामी बढेपछी कटारी ४ स्थित श्री त्रिवेणी मावि कटारीको कक्षा ६ को एक सेक्सनलाई ३ दिन विदा समेत दिईएको छ । सेक्सनका ३२ जना विरामीलाई ज्वरो आएपछी प्रकोप न्युनिकरणका लागि सेक्सनका विद्यार्थीलाई ३ दिन विदा दिईएको विद्यालयका शिक्षक ध्रुवहरी घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार विद्यालयका प्रत्येक कक्षामा ज्वरोको विरामी बढेका छन् ।‘प्रत्येक कक्षामा दुईचार जनालाई ज्वरो आएको छ ।’शिक्षक घिमिरेले भन्नुभयो —‘एउटा सेक्सनका विद्यार्थीहरुलाई तीनदिन विदा नआउन भनेका हौं ’


जनता भ्वाइस 







