जन्ताभ्वाईस सम्बाददाता
२३ असार , बिहिबार , २०७९
कटारी /उदयपुरको कटारी नगरपालिका स्थित तीन सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निशुल्क ट्रयाकसुट र जुत्ता वितरण गरिएको छ । शेयर मिसन ईन्टरनेशनल अमेरिकाका अध्यक्ष श्याम श्रेष्ठद्वारा तीन विद्यालयमा निशुल्क ट्रयाकसुट र जुत्ता वितरण गरिएको हो ।
समावेशी एफ एम ९२दशमलव ३ मेगाहर्जका अध्यक्ष रेणु पराजुलीले ईन्टरनेशनलका अध्यक्ष श्रेष्ठसँग समन्वय गरी ट्रयाकसुट र जुत्ता वितरण गर्नुभएको हो । पराजुलीका अनुसार कटारी ७ स्थित सरस्वती आधारभुत विद्यालयमा ७१ आधारभुत विद्यालय पिनापुमा ९० र आधारभुत विद्यालय राम्चे कटारी १० लाई ३२ थान ट्रयाकसुट र जुत्ता वितरण गरिएको हो ।
तीन विद्यालयमा २ लाख ५० हजार बराबरको ट्रयाकसुट र जुत्ता वितरण गरिएको थियो । विद्यालयका छात्रछात्राहरुलाई ट्रयाकसुट र जुत्ता वितरण गरेकोप्रति विद्यालय व्यवस्थापन समिति तथा विद्यालय परिवारले धन्यवाद दिएका थिए ।
गाउँमा रहेका उक्त विद्यालयका विद्यार्थीहरुले ट्रयाकसुट र जुत्ता पाएपछी खुसी व्यक्त गरे । विद्यालयले उक्त ट्रयाकसुट र जुत्तालाई विद्यालयको पोशाकको रुपमा वालवालिकालाई प्रयोग गर्न दिनेछ ।


जनता भ्वाइस 








