जन्ताभ्वाईस सम्बाददाता
२० असार , सोमबार , २०७९
कटारी/ उदयपुरको कटारी नगरपालिकाले अनुदानमा एउटा एम्बुलेन्स प्राप्त गरेको छ । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्र्तगत एम्बुलेन्स स्कूल वसहरु उपहार स्वरुप हस्तान्तरण कार्यक्रम अन्र्तगत कटारीले उपहारमा एम्बुलेन्स प्राप्त गरेको हो ।
भारत सरकारको अनुदान सहायता अन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गर्दा कटारी नगरपालिकाको भागमा पनि एउटा एम्बुलेन्स परेको हो ।
आइतबार भारतीय दूतावासमा आयोजित एक कार्यक्रममा कटारी नगरपालिका मेयर राजेशचन्द्र श्रेष्ठका सचिवालयका सुदिप बरालले बुभ्mनुभयो । उक्त एम्बुलेन्सले नगरपालिकाको पहाडी वडाका स्थानीयलाई सेवा दिने बताईएको छ ।


जनता भ्वाइस 







