जन्ताभ्वाईस सम्बाददाता
२० असार , सोमबार , २०७९
कटारी / कटारी , १० सोरुङ्ग तिल्केचौरका स्थानीय अस्थायी टहरामा वस्न थालेका छन् । जमिन नै भासिएर पहिरोको उच्च जोखिममा रहेका तिल्केवासी वर्षासुरु भयो कि ज्यान जोगाउन अस्थायी टहरामा वस्न थालेका हुन् ।
त्यहाँ १७ घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो । १७ घरमध्ये ११ घरपरिवार टहरामा र अन्य चाहिं आफन्तका जाने गरेका छन् ।‘पानी परेपछी उहाँहरु टहरामा वस्नुहुन्छ ’वडाध्यक्ष खड्काले भन्नुभयो —‘ ५ सय मिटर माथी अस्थायी टहरा निर्माण गरिएको छ ।’
कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा प्राप्त सामाग्रीबाट स्थानीय आपैmले सुरक्षित स्थानमा टहरा निर्माण गरेको पनि वडाध्यक्ष खड्काले बताउनुभयो । स्थानीयका अनुसार गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परिसकेको छ । जतिवेला पनि पहिरो जाने खतरा छ ।
आईतबार देखि गाउँलेहरू पानी नपर्दा गाउँघरमा रहे पनि पानी परेपछी टहरामा वस्ने गरेका छन् ।गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान र धनमाल खतरामा रहेको तिल्केवासी बताउँछन् ।


जनता भ्वाइस 







