जन्ताभ्वाईस सम्बाददाता
१८ , असार , शनिबार , २०७९
-केपी बराल
हिजो १७ गते राति ८.३० बजेको समयमा बिद्युतको लाइन गएको निसम्म अँधेरो मुसलधारे बर्षादमा सिंगो कटारी बजार लगायत कन्छीबजार चौक मुल सडक आसपासको अवस्था कस्तो रहेछ भनेर प्रहरी चेकपोस्टबाट मुल सडककै सडक मास्तिर लागें । नालीमा पानी न अटेर घर पसलमा पानी पसेको ,कान्छी बजार चोकको मुल सडक आसपासका पसल पुरै डुबान भएको महिलाहरु नानी च्यापेर भिजेर दहमा उभिएका थिए ।
मलाई नचिनुन भनेर मैले माक्स लगाएको थिएँ , भिजेर समूहमा उभिएका महिलाहरू भन्थे ‘ यो हाम्रो बिजोक कस्ले देख्ने ?’तल्लो साइड खाली थियो जग्गावालाले पनि नगर प्रमुखलाई पानी निकासको लगि पटकपटक भनेको तर वास्तै गरेनन । अहिलेकाले गर्छन कि भनेको धेरै वास्ता गरेजस्तो छैन् ।
अब त तल्लो साइडमा घर पनि बनिसक्यो हामी भाडामा बसेका घरवाला पनि भाडामात्र असुल छन भनेर बोल्दै गरेको मैले सुने , त्यहाँ दुवै खाले थिए घर धनि आफै र भाडामा बस्ने तर दुवैको रोदन एकै थियो।म पानीको दह भएको बीच सडकबाट जान लाग्दा एकजना आमाले भन्नु भयो ‘बाबु त्यताबाट नजानु डुवाउँछ यो घरको पछाडि पट्टी वाट जानु तर छाता वोडेर जान मिल्दैन’ भन्नुभयो अनि म आमाले देखाएको तर्फबाट लागें ।
एकजना भिजेर त्यहाँ उभीरहनु भएको बैनी अगाडि हिंडेर बाटो कटाउनु भयो । मैले पनि त्योभित्रको घरको अवस्था देखें घर भित्र पानीको डुबान रहेको भूँइतलेघर मनिसहरु साना नानी च्यापेर उभिई रहेका म हेर्दै अगाडि बढें मलाइ कसैले चिन्नु भएन म चिनिने अवस्थामा थिइन् । कटारी बजारको यो अवस्था कहिले सम्म रहने? मिर्चैया – लुक्ला पर्यटन मार्गकारुपमा यो सडक निर्माण गर्न सडक डिभिजन कार्यालय कटारीमा बसी सकेको छ ।
कटारी नगरपालिकाको निर्बाचित परिणाम घोषणा भएको दिन मैले सडक कार्यालयका डि.इ., नेपाली कांग्रेस पार्टीका नेताहरु संजिव थापा , कृष्ण श्रेष्ठ , प्रकाश थापा लगायत सँगै राखेर कुरा हुँदा सडक डि.इ.को भनाइ थियो ‘ हामी सँग हाल चालीस करोड बजेट छ बजार एरियाको जग्गाको विवाद नगरपालिकाले सल्टाइ दिनु पर्छ मरुवा खोला पुलबाट तावा खोला पुलसम्म एकै चोटी टेन्डर गरेर काम सुरु गर्छौं । जग्गाको चौडा कति कायम गर्ने हो त्यही अनुरुप डिजाईन हुन्छ ’ भनेर कुरा हुँदा छिट्टै न.पा. प्रमुख सित कुरा गर्ने जस्को जिम्मा प्रकाश थापा ले लिनु भएको थियो।
यो सडक निर्मणको लागि आबस्यक बजेट छुट्याउन नारायण कार्की मार्फत प्रधानमन्त्री र म मार्फत अर्थ मन्त्री सित कुरा गर्ने भनिएकोमा हामी दुवैले फोन बार्ताबाट कुरा गरियो जस्को परिणाम बजेट बक्तब्यमा अर्थ मन्त्रीले मिर्चैया –लुक्ला सडक निर्माण बारे बोल्नु भयो।
जसबाट दिर्घकालिन रुपमा समस्या हल हुने छ । कटारी नगर पालिकाका जन प्रतिनिधिले छिट्टै सर्बदलिय सर्बपक्षिय भेला गरी यो समस्या हल गर्न थालनी गर्न जरुरी छ । कटारीको उन्नतिका लागी सबै जुटौं पानीमा डुबेर बजारबासी बस्नु नपरोस । सधै मिर्चैया कटारी घुर्मी सडकको फलाको गर्नु नपरोस, सबैमा बिनम्र अनुरोध गर्दछु।
(बरालको फेसबुकबाट साभार ,बराल राजनीतिकर्मी हुन् सम्पादक)


जनता भ्वाइस 







