जन्ताभ्वाईस सम्बाददाता
१३ , असार , सोमबार , २०७९
कटारी / सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कटारीले आईतबार अवैध सुर्ती बरामद गरेको छ। काकरभिट्टा बाट कटारी आउदै गरेको मे.१ ख १७५२ नम्बरको यात्रु बाहक बसमा शंका लागी चेकजाच गर्दा अबैध सुर्ती फेला परेको सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र बस्नेतले जानकारी दिनु भएको छ।
काकरभिट्टाबाट कटारी आउदै गरेको उक्त बसमा शंका लागी चेकजाँच गर्दा ८० हजार मुल्य बराबरको ४ सय केजि अवैध सुर्ती बरामद गरि सुनसरि भन्सार कार्यलय सेतुवन्धुमा बुझाएको निरीक्षक बस्नेतले बताउनुभयो । यात्रु बाहक बसमा शंका लागेर चेक गर्दा डिकि र छतमा लुकाएर ल्याएको उक्त अवैध सुर्ती फेला परे पछि बरामद गरिएको समेत निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी कटारीका सशस्त्र प्रहरी हवल्दार कृष्ण बहादुर खत्रीको कमान्डमा रहेकोको टोलीमा प्रहरी हवल्दार डिल्लिराम राई ,धन बहादुर थापा मगर र सशस्त्र प्रहरी जवान मनोज राउतको टोलिले कटारी ३ को गुम्बा डाडा बाट १० बोरा सुर्ती बरामद गरेको हो।


जनता भ्वाइस 








