जन्ताभ्वाईस सम्बाददाता
१२ , असार , आईतबार , २०७९
कटारी / नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कटारीले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका २ को स्वर्गिय चन्द्रबहादुर तामाङ्गको परिवारलाई रकम हस्तान्तरण गरेको हो ।
तामाङ्गको श्रीमति पशुपतीमाया तामाङ्गलाई ८ लाख ८६ हजार मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको शाखा प्रमुख भक्तबहादुर श्रेष्ठले बताउनुभयो । तामाङ्गलाई विमाकं रकम ७लाख ५० हजार र २ वर्षको बोनस गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।


जनता भ्वाइस 








