जन्ताभ्वाईस सम्बाददाता
७ , असार , मंगलबार , २०७९
कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ स्थित सिद्धिचरण राजमार्गमा भर्खरै निर्माण गरिएको कालोपत्रे भत्किन थालेको छ । राजमार्ग अन्र्तगत कटारी –मिर्चैया सडकखण्डको राजावास–कटारी बजारको मध्यभागमा रहेको कालोपत्रे भत्किन थालेको हो ।
गुणस्तरहिन कालोपत्रे निर्माण गरिएकाले कालोपत्रे भत्किन थालेको स्थानीयले बताएका छन् । सडकखण्डको मदनभण्डारी राजमार्गसँग जोडिएको राधाकृष्ण मन्दिर नजिक भत्किएर थुप्रिएको कालोपत्रेले झनै दुर्घटनाको जोखिम बढाएको स्थानीयले बताए ।
उक्त क्षेत्रमा सडकआसपासबाट कालोपत्रे भत्किन थालेको छ । आसपासबाट बाढीसमेत सडक भएर बग्ने गरेको छ । कालोपत्रे समेत खाल्डाखुल्डी रहेकाले साना सवारीसाधन संञ्चालन गर्न समेत दुर्घटनाको जोखिम व्यहोर्नुपर्ने गरेको छ ।




जनता भ्वाइस 







