images
images

मरुवा खोलामा पुल नहुँदा सास्ती

जन्ताभ्वाईस सम्बाददाता
६ , असार , सोमबार , २०७९
कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ स्थित मरुवा खोलामा पुल नहुँदा सास्ती खेप्नु परेको छ । वडाको जहडी र तित्रीबोट जोड्ने स्थानमा मरुवा खोलामा आउने बाढीले आउजाउमा समस्या हुने गरेको हो ।
कटारी बजारसँग गाउँलाई जोडने खोलाको पुलमा नहुँदा तित्रीबोट , गंवुवा , मरुवा , लगायतका गाउँहरुका स्थानीयले ज्यान जोखिममा हाल्नु पर्ने बाध्यता छ । कटारी बजारमा विद्यालयमा अध्ययन गरेर फर्किने वालवालिकाहरुले झनै ठुलो जोखिम मोल्ने गरेका छन् ।
हरेक वर्षाको सयमा यो खोलाले समस्या पारेपनि यसको समाधान हुन सकेको छैन् । खोलामा आउने बाढीले ज्यानै जोखिममा पार्ने गरेको स्थानीय बताउँछन् ।