images
images

ताप्लीगाउँपालिकालाई विपद व्यवस्थापन सम्बन्धि सामाग्री सहयोग

जन्ताभ्वाईस सम्बाददाता
६ , असार , सोमबार , २०७९
कटारी / उदयपुरको ताप्ली गाउँपालिकालाई १ लाख ८४ हजार ६ सय १५ रुपैंया बराबरको विपद सम्बन्धि सामाग्री सहयोग प्राप्त भएको छ ।वल्ड भिजन उदयपुरको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)को सहकार्यमा गाउँपालिकालाई सामाग्री सहयोग प्राप्त भएको हो ।
हुरेण्डेकका सह सचिव जिवनाथ दाहालले गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्मालाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो । विपद व्यवस्थापन सम्बन्धि सामाग्रीहरु रहेको सह सचिव दाहालले बताउनुभयो ।
विपद जोखिम न्युनिकरणका लागि सहयोग गरिएको पनि दाहालले बताउनुभयो । सामाग्री सहयोगका लागि गाउँपालिकाले वल्डभिजन र हुरेण्डेकलाई धन्यवाद दिंदै अध्यक्ष विश्वकर्माले गाउँपालिकामा आईपर्ने विपदका समयमा प्राप्त सामाग्रीले ठुलो सहयोग गर्ने बताउनुभयो ।