images
images

कटारीको आर्थिक वर्ष २०७९/८० को नगर सभा आगामी १० गते हुने

जन्ताभ्वाईस सम्बाददाता
१ , असार , बुधबार , २०७९
कटारी /कटारीको आर्थिक वर्ष २०७९/८० को नगर सभा आगामी असार १० गते हुने भएको छ । नगरपालिकाले वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धि समय तालिका सार्वजनिक गर्दै असार १० गते नगर सभा गर्ने निर्णय गरेको हो ।
सार्वजनिक गरिएको तालिका अनुसार असार २ गते श्रोत अनुमान र कुल बजेट सीमा निर्धारण वैठक र विषयगत समितिको छलफल हुने छ । त्यसैगरी असार ३ देखि ५ गते सम्म वडागत आयोजना संकलन ,६ गते वडा वैठक हुनेछ ।
त्यसैगरी ७ गते एकिकृत बजेट तथा कार्यक्रम तर्जुमाको वैठक ,८ गते कार्यपालिकाको वैठक हुनेछ । सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यक्रम तथा बजेटको सभा हुने भएकाले यसलाई नगरवासीहरुले कस्तो कार्यक्रम ल्याउला भनेर समिक्षा गर्न प्रतिक्षा गरिरहेका छन् ।