images
images

कटारीमा भदौ मसान्तसम्म नदीजन्य तथा खानीजन्य उत्खनन् गर्न नपाईने

जन्ताभ्वाईस सम्बाददाता
१ , असार , बुधबार , २०७९
कटारी / कटारी नगरपालिकाले नगरपालिकामा असार १ देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खन्नमा रोक लगाएको छ ।आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती हस्ताक्षरित सुचना जारी गर्दै नगरपालिकाले नदीजन्य उत्खन्नमा रोक लगाएको हो ।
सुचना अनुसार नदीजन्य ढुंगा ,गिट्टी , बालुवा ,तथा खानीजन्य पदार्थको उत्खन्न , संकलन , र विक्री वितरण नगर्न सुचनामा उल्लेख गरिएको छ ।अन्यथा कानुन बमोजिम कार्वाही हुने कुरा समेत सुचनामा उल्लेख गरिएको छ ।