जन्ताभ्वाईस सम्बाददाता
३१ , जेठ , मंगलबार , २०७९
कटारी / कटारी नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ । वडाध्यक्ष मोहन तामाङ्गका अनुसार ६ कोठे अपाङ्ग तथा वालमैत्री भवनको शिलान्यास गरिएको हो ।
कटारी नगरपालिकाको ३७ लाख ६४हजार ९सय ३१रुपैंया ३१को लागतमा भवन बन्न लागेको हो । जसमा जिल्ला समन्वय समिति उदयपुरबाट २० लाख समेत भवनमा लागत रहेको छ ।
भ¥याङ्ग सहितको ६ कोठे भवन निर्माण गरिनेछ । भवन निर्माणका लागि पूर्व गाविस अध्यक्ष तथा राजनीतिज्ञ समाजसेवी रामकुमार राईले ४ कट्ठा जग्गा उपलब्ध गराउनुभएको थियो । भवन निर्माणको ठेक्का उदयपुर लामा कन्ट्रक्सनले पाएको छ । भवनको वडाध्यक्ष तामाङ्गले शिलान्यास गर्नुभएको हो ।


जनता भ्वाइस 








