images
images

कटारीमा बृक्षारोपण गरी विश्व बातावरण दिवस मनाइयो

जन्ताभ्वाईस सम्बाददाता
२२ , जेठ , आइतबार , २०७९
कटारी। आज विश्व वातावरण दिवश उदयपुरको कटारी लगायत देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । “पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन ” भन्ने मुल नाराका साथ विश्व वातावरण यो दिवस आइतबार बिभिन्न कार्यक्रम गरि मनाइएको हो । दिवसका अवसरमा श्री सिसाघारी सामुदायिक वन उपभोक्ता समुह तथा सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रको आयोजनामा सिमसार क्षेत्रमा बृक्षरोपण , अन्तक्रिया तथा विभिन्न चेतनामुलक कार्यक्रम गरेका छन् ।
कार्यक्रममा बोल्दै कटारी नगरपलिकाका उपप्रमुख गिता खड्काले आज नै वातावरण जोगाउन नलागे पछिसम्म असर गर्ने धारणा राख्नु भएको थियो ।उहाँले कटारी ५मा रहेको सिमसार क्षेत्रले वातावरण संरक्षणमा टेवा पुगेको बताउदै सिमसार क्षेत्रको विकास तथा संरक्षणमा नगरपालिका लागि परेको बताउनु भयो । खड्काले सिमसार कटारी नगरपालिकाको गहना भएकोले यसको सम्वद्र्धनमा सवैले भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।
संयुक्त राष्ट्रसंघद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सन १९७३ देखि बर्षेनी जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।