images
images

कटारी , ५ को पहिलो निर्णय , भूमी व्यवस्थापन र भत्ता वडामै वितरण गर्न पहल गरिने

जन्ताभ्वाईस सम्बाददाता
१८ , जेठ , बुधबार , २०७९

कटारी । कटारी नगरपालिकाका वडा नम्बर ५ को नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो वैठकले वडाका अव्यस्थति वसोवासीहरुको जग्गाको नापी तथा भूमी व्यवस्थापनको कामलाई यथाशिर्घ अगाडी बढाउन नगरपालिकामा आवश्यक पहल गर्ने निर्णय गरेको छ । आज वडाध्यक्ष मोहन तामाङ्ग तथा वडा सदस्यहरुले पदभार ग्रहण गर्दै पहिलो वैठक वसेर काम थालेका हुन् ।
त्यसैगरी वडाले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई वैंकमा भत्ता लिन समस्या भएकाले वडाले समन्वय गरी वडा मार्पmत नै भत्ता वितरण गर्ने पहल गर्ने निर्णय गरेको छ । त्यस्तै वडामा कृषि पकेट क्षेत्र स्थापना गर्ने पनि निर्णय गरेको छ ।
वडाले पूर्व जनप्रतिनिधि तथा निर्वाचनमा सहभागी सवै वडावासीहरुलाई धन्यवाद समेत दिएको छ । पदभार ग्रहण कार्यक्रममा निवर्तमान वडाध्यक्ष शंकर राई लगायतका पूर्व जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
निवर्तमान वडाध्यक्ष राईले वडाको वाँकी अधुरा कामहरु पुरा गरी कार्यकाल सफल बनाउन नवनिर्वाचितहरुलाई शुभकामना दिनुभयो । नवनिर्वाचित वडाध्यक्ष तामाङ्गले सवैको सल्लाहा बमोजिम वडाको विकासमा लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।