images
images

निवर्तमान नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठद्वारा धन्यवाद ज्ञापन

जन्ताभ्वाईस सम्बाददाता
१६ , जेठ , सोमबार , २०७९
कटारी । कटारी नगरपालिकाका निवर्तमान तथा नगरकै प्रथम मेयर ज्ञानेन्द्र श्रेष्ठले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । श्रेष्ठले ५ वर्षअघिको जनमत र सुभेच्छालाई आप्तसात गर्दै नगरमा भएका कामहरुमा नगरका सम्पूर्ण नगरवासी हकदार रहेको ज्ञापन पत्रमा उल्लेख गनुृभएको छ ।
कटारीमा ईतिहासले एउटा सुकर्म गर्ने अवसर दिएको बताउँदै श्रेष्ठले आप्mनो कार्यकालमा सिद्धिचरण राजमार्गको स्तरउन्नती , खहरेहरुमा पुल निर्माणको टेण्डर प्रकृया अघि बढाउन सफल भएको पत्रमा उल्लेख गर्नुभएको छ ।
नगरको सवै अपेक्षाकृत कामहरु हुन नसकेपनि एउटा आधार तय भएको पत्रमा लेखिएको छ ।‘कार्यसञ्चालन गर्न विभिन्न कानुहरु तयार भएको छ ।’पत्रमा उल्लेख गर्दै –‘कार्यकालमा २ वर्ष कोभिडसँग जुध्न बाध्य भयौं ,पालिकाका जनता जोगाउन अहोरात्र खटियौं ।’
त्यसैगरी कार्यकालमा जिम्मेवारी पुरा गर्न कहिले पनि कसको पाटी कता भोट हालेको नसोधेको उहाँले उल्लेख गर्नुभएको छ । हाल निर्वाचित नेतृत्वलाई ऐन , कानून , वित्तिय अनुशासन , विकासका लागि दिगोपन र जनभावना सिरोपर गर्दै समग्र विकासमा कुनै भेदभाव नगरी सहभागिताको आधारमा कार्य सम्पादन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
त्यसैगरी निर्वाचन सम्पन्न गराउने सवै सरोकारवालाहरुलाई धन्यवाद दिंदै आप्mनो टिमबाट कुनै गल्ति भएको भए मानविय कमजोरीका रुपमा लिन पनि श्रेष्ठले आग्रह गर्नुभएको छ ।