जन्ताभ्वाईस सम्बाददाता
१६ , जेठ , सोमबार , २०७९
कटारी । कटारी नगरपालिकाको वडा नम्बर ३ र ४ का वडाध्यक्ष पुष्कर खड्का र भुपेश योञ्जनले पदभार ग्रहण गरेका छन् । आज वडाध्यक्ष खड्का र योञ्जनले वडा कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै खड्काले वडामा फोहारे मैला व्यवस्थापन , शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने बताउनुभयो । पूर्व जनप्रतिनिधिहरुलाई विदाई गर्दै उहाँहरुको सल्लाहा लिंदै काम गर्ने बताउनुभयो ।
वडामा चुस्त दुरुस्त सेवा दिने खड्काको प्रतिवद्धता थियो । वडामा हुने काममा सेवाग्राहीहरुलाई दुःख नदिन पनि खड्काले कर्मचारीहरुलाई आग्रह गर्नुभयो । पदभार ग्रहण कार्यक्रमका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले नगरलाई शुसासन कायम कायम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यसैगरी भ्रष्ट र शुसासन कायम नगर्ने कर्मचारी नगरको धमिरा भएकाले तुरुन्त त्यस्तो कार्य गर्ने झोलाझिम्टी बोक्नु पर्ने बताउनुभयो । त्यसैगरी वडा नम्बर ४ का वडाध्यक्ष भुपेश योञ्जनले पनि पदभार ग्रहण गर्नुृभएको छ ।
योञ्जनले पदभार ग्रहण गर्दै वडावासी जनतालाई सरल , सहज , सेवा सुविधा दिने बताउनुभयो । आज नगरपालिकामा सपथ ग्रहण सम्पन्न गरेसँगै वडाध्यक्षद्वयले वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । खड्का गठबन्धनको काँग्रेसबाट र योञ्जनले स्वतन्त्रमा वडाध्यक्ष निर्वाचित भएका हुन् ।


जनता भ्वाइस 







