images
images

कटारीबाट निर्वाचितहरुलाई प्रमाण पत्र वितरण

जन्ताभ्वाईस सम्बाददाता
१४ , जेठ , शनिबार , २०७९
कटारी । कटारी नगरपालिकाकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रबार प्रमाण पत्र वितरण गरिएको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचितहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।
स्थानीय निर्वाचन अधिकृतको कार्यालय कटारीका निर्वाचन अधिकृत राजकुमार राउतले निर्वाचितहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो । कटारीको प्रमुख , उपप्रमुख , वडाध्यक्षहरु तथा वडासदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।