images
images

कटारीको मेयरमा निर्वाचित राजेशचन्द्र श्रेष्ठले लिए सपथ

जन्ताभ्वाईस सम्बाददाता
१४ , जेठ , शनिबार , २०७९
कटारी । कटारी नगरपालिकाकाका नवनिर्वाचित नगर प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण लिनुभएक छ । जिल्ला अदालत कार्यालय उदयपुरमा मुख्य निर्वाचन अधिकृतबाट श्रेष्ठले शुक्रबार सपथग्रहण गर्नुभएको हो ।
कटारी नगरपालिकामा काँग्रेस माओवादी गठबन्धनका नेपाली कांग्रेसको तर्फबाट श्रेष्ठ मेयर पदमा निर्वाचित हुनुभउको थियो । उहाँले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराल(केपी बराल) र एमाले उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठलाई पराजित गर्नुभएको थियो ।
गठबन्धनमा मेयर उमेद्वार राजेशचन्द्र श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्याएर विजयी हुनुभएको थियो । मेयरमा श्रेष्ठले जित हात पार्दा स्वतन्त्र मेयरमा उमेद्वारी दिएर एकिकृत समाजवादीसँग सहकार्य गर्नुभएको केपी बरालले बरालले ५ हजार ९ सय ५२ मत पाउनुभयो । श्रेष्ठ र बरालवीच ४ सय ६५ को मतान्तर थियो ।
शुक्रबार जिल्ला अदालत उदयपुरमा सपथग्रहण गर्दै श्रेष्ठले कटारी नगरपालिकालाई सुशासनयुक्त र भ्रष्टचार रहित नगरपालिका निर्माणमा आफु लागि पर्ने बताउनु भयो । उहाँले जनतालाई केन्द्रभागमा राखेर आम विकासका कामहरुलाई अघि बढाउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।