images
images

कटारीमा डिप्रोक्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
१४ , जेठ , शनिबार , २०७९
कटारी । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कटारीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका कटारी शाखा प्रमुख चन्दन साहका अनुसार कटारी शुक्रबार कटारीको मजेष्टी होटलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कटारी शाखासँग सम्बद्ध केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो । संस्थाका अनुगमन अधिकृत सूर्यबहादुर विष्ट कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । विष्टले शाखाको सेवा सुविधालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई प्रशिक्षण समेत दिनुभएको शाखका कनिष्ट कार्यक्रम सहायक सागर बहादुर मगरले जानकारी दिनुभयो ।
प्रदेश एकको शाखा कार्यालय कटारीबाट यस संस्थामा १३ सय ७४ घरधुरीका सदस्यहरुलाई ९ करोड ३१ लाख लगानी रहेको छ । ३ करोढ ७२ लाख निक्षेप रहेको छ । शाखाको स्थापना २०६७ असोज २६ मा भएको थियो ।
संस्थाले हाल ७१ जिल्लामा १स ४९ कार्यालयहरु मार्पmत करिब २ लाख ४० घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाको चुक्ता पुँजी १ अर्व ३८ करोड ७४ लाख रहेको छ ।