images
images

कटारीमा नातीले गरे हजुरआमाको हत्या , हत्या गरी फरार नाती पक्राउ

जन्ताभ्वाईस सम्बाददाता
१२ , जेठ , बिहिबार , २०७९
कटारी । कटारी नगरपालिका ७ रिस्कूमा आप्mनै नातिले घाँठी रेटी हजुरआमाको हत्या गरेका छन् । आज घरमै २७ बर्षका रोहित दनुवारले आफ्नी ७२ बर्षिया बृद्धा हजुरमा घनी भनिने मनमाया दनुवारको हत्या गरेका हुन् । दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाति रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहान ६ बजे हजुरआमा र नाति बिच जग्गा अंश बण्डाको विषयमा वादविवाद भई झै–झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमा मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागी कटारी अस्पताल ल्याईएको प्रहरीले बताएको छ । हत्या आरोपित रोहितलाई रिस्कुकै जंगलबार पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले बताउनुभयो ।
काठमाण्डौमा बस्दै आएका रोहित केही बर्ष बैदेशीक रोजगारमा बिदेश समेत बसेका थिए । हाल काठमाण्डौमा मम पसल संचालन गरेर बस्दै आएका थिए ।