जन्ताभ्वाईस सम्बाददाता
८ , जेठ ,आईतबार , २०७९
कटारी । उदयपुरको कटारी नगरपालिकाको १४ वडामध्ये आजसम्मको परिणाम ५ देखि १४ सम्म १० वटा वडाको गणना सम्पन्न हुँदा एमालेले सवैभन्दा बढी जित हात पारेको छ ।पछिल्लो परिणाममा कटारी ५ को वडाध्यक्षमा नेकपा एमालेबाट मोहन तामाङ्गले १२ सय १७ मत ल्याएर विजयी हुनुभयो ।
उहाँको निकटतम् प्रतिद्वन्दि स्वतन्त्रबाट योगेन्द्र दनुवारले ६ सय ३९ मत ल्याउँदा गठबन्धनको काँग्रेसका पविता श्रेष्ठ ६ सय २३ मतमा सिमित हुनुभाये ।त्यसैगरी आज नै आएको परिणाम अनुसार कटारीको ६ नम्बर वडामा नेकपा एमालेकै प्रमबहादुर मगरले ४ सय २५ मत ल्याएर विजयी हुनुभयो ।
यस अघि कटारी १४ मा अमर मगर , कटारी १३ मा शम्भु श्रेष्ठ , कटारी ११ मा अनन्त हायु र १० मा क्षेत्रबहादुर खड्काले वडाध्यक्षमा एमालेबाट जित हासिल गरिसकेका छन् । यससँग्र एमालेले हालसम्म ६ वटा वडामा वडाध्यक्ष जितिसकेको छ भने अन्यले ४ वटामा जित हात पारेका छन् ।
जसमा कटारी १२ मा माओवादी केन्द्रका बाशु कटुवाल , कटारी ८ मा स्वतन्त्रबाट दिपक तामाङ्ग , कटारी ९ मा नेकपा एकिकृत समाजवादीबाट वेगबहादुर आले (सुनिल) र कटारी ७ मा गठबन्धनका काँग्रेसबाट सुविन ढुंगानाले वडाध्यक्षमा जित हातपारेका छन् ।
अहिले कटारी ४ र ३ को गणना सुरु भएको छ ।१० वटा वडाको गणना सम्पन्न हुँदा प्रमुख मेयरमा एमालेकै ज्ञानेन्द्र श्रेष्ठ ३ हजार ६ सय ६४ मतसहित अगाडि हुनुहुन्छ भने गठबन्धनका काँग्रेसबाट राजेशचन्द्र श्रेष्ठले ३ हजार ४ सय ६५ मतले पछ्याईरहनुभएको छ ।
तेस्रोमा स्वतन्त्र केपी बरालको २हजार ३ सय २६ मत रहेको छ ।चौथोमा स्वतन्त्र बालकृष्ण थापाको १ हजार १ सय २८ रहेको छ । उपमेयरमा एमालकै गिता खड्काको ३ हजार ८ सय ५८ मत हुँदा दोस्रोमा गठबन्धनका माओवादी केन्द्रका विनोद कटुवाल दिवश २ हजार ५ सय २७ मतले पछ्याईरहनुभएको छ ।तेस्रोमा एकिकृत समाजवादीका हृदय तामाङ्गले १ हजार ६ सय ४० मतले पछ्याउनुहँदा स्वतन्त्र कृष्ण थापाको १ हजार ६ सय २९ मत रहेको छ


जनता भ्वाइस 







